कुमार जिरेल
दोलखाको जिरी नगरपालिकाका सबै वडामा आज प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आज नेपालभरिका सबै पालिकाको ६७४३ वडा अधिवेशन अध्यक्ष केपी ओलीद्वारा भर्चुयल रुपमा एकसाथ उद्घाटन गर्नुभएको छ ।
नेकपा एमालेको वडा अधिवेशनका क्रममा जिरी नगरपालिका भित्रका ९ वटै वडाका वडा अधिवेशन आजैका दिन एकसाथ सम्पन्न भएका हो ।
अधिवेशनबाट जिरी नगरपालिकाका सबै वडाहरुमा सर्वसम्मत नया नेतृत्व चयन भएको छ । जिरी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा करफिन्जो शेर्पा, २ मा सोन्तेम्बा शेर्पा, ३ मा रामबहादुर केसी, ४ मा शिवबहादुर कार्की, ५ मा गुञ्ज कुँवार, ६ मा लिला बहादुर जिरेल, ७ मा लिला जिरेल, ८ मा गम्बु बिक र ९ मा चक्रबहादुर तामाङको नेतृत्वमा कमिटी गठन भएका छन् । नेकपा एमाले पार्टीको प्रथम विधान महाधिवेशनबाट पारित विधानमा व्यवस्था गरेअनुसार नगरपालिकाका वडाहरुमा ३१ सदस्यीय कमिटी गठन गर्ने प्रावधानअनुसार आज सबै वडामा अधिवेशन गरी नेतृत्व चयन गरिएको हो ।