सुरज खड्काको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल जिरी नगर कमिटी गठन

दर्पण संवाददाता
जिरि, नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखाले सुरज खड्काको अध्यक्षतामा जिरी नगर कमिटी गठन गरेको छ ।
जिरिमा आज आयोजना गरेको युवा भेलाले खड्काको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो । युवा संघ नेपाल जिरी नगर कमिटीको उपाध्यक्षमा ईश्वर कार्की, सचिबमा लुक्छिरी शेर्पा र सहसचिवमा सुमि जिरेल चयन हुनु भएको छ । भेलामा जिरी नगरपालिका भित्रका युवा संघ नेपाल आवद्ध सयौं युवाहरुको सहभागीता रहेको थियो ।
नेकपा एमाले बागमती प्रदेसका अध्यक्ष आनन्द पोखरेलले नगर कमिटीद्वारा आयोजित युवा भेलालाइ सम्बोधन गर्नुहुदै एमाले प्रती आम नागरिकहरुको क्रेज बढदै गएको र तेस्को रक्षा गर्ने जिम्मा युवाहरुको काधमा रहेकोले प्रतिबद्ध भएर नागरिकको हितमा काम गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिनु भयो । युवा संघ नेपालका केन्द्रिय सचिब महाराज गुरुङले नेकपा एमालेले देखेको सारा सपना पूरा गर्ने जिम्मेवारी युवा संघको रहेको बताउनु हुँदै नेकपा एमालेले राष्ट्रिय हितमा काम गरे बापत अताल्लियर एमालेलाइ सानो घेरामा राखी खुम्च्याउने सोच्ले केही ब्याक्ती लागि परेको भए पनि त्यो पूरा नहुने र तेस्को युवा संघ नेपालले डटेर सामना गर्ने बताउनु भयो ।
कार्यक्रममा एमालेका नेता सांसद सान्ती तामङ , नगर इन्चार्ज मित्र जिरेल, एमाले नेता टंक जिरेल, जिल्ला समन्वय उप प्रमुख मनमाया जिरेल, युवा संघका उपाध्यक्ष उर्मिला सुनुवार, जिल्ला अध्यक्ष धिरज सुवेदी लगाएले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न पाटी परित्याग गरि एमालेमा प्रबेस गर्ने युवाहरु बागमतीका अध्यक्ष आनन्द पोखरेलले स्वागत गर्नु भएको थियो ।