दर्पण संवाददाता
चरीकोट, १३ असोज ः वागमती प्रदेश सरकारको नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्कालाई गृह जिल्लामा भव्य स्वागत गरेको छ ।
मन्त्री मण्डल विस्ता भए पछि पहिलो पटक जिल्ला आउनुभएका मन्त्री खड्कालाई नेकापा एमाले, जिल्ला समन्वय समिती तथा विभिन्न संघसंस्थाले भव्य स्वागत गरेको हो । नेकपा एमालेको तर्फबाट वागमती प्रदेश सरकारमा नियुक्त हुनुभएको मन्त्री पहिलोपटक गृह जिल्लामा आउनुभएको अवसरमा नेकपा एमाले दोलखाले पार्टी कार्यालयमा भव्य स्वागत गरेको छ । एमाले दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेल सचिव भरत दुलाल सहसचिव डवल पाण्डे तथा नेकापा एमालेका नेता तथा कार्यकताहरले पार्टी कार्यालयमा स्वागत गर्दै वधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
स्वागत कार्यक्रमलाई सम्वोधन गर्नुहँदै मन्त्री खड्काले देशमा विविध कारण राजनैतिक परिर्वतन भई रहने र देशको राजनैतिक परिर्वतनसंगै सरकार पनी परिर्वतन भई स्वभाविक प्रकृया रहेको हुँदा आफु मन्त्री पदमा रहँदा कार्यकुशलता पुर्वक कार्य सम्पादन गर्ने बताउनु भयो ।

आम नागरिकहरुलाई घर दैलोमानै सिहँदरवारको सेवा प्रदान गर्ने भन्दै संघियता कार्यन्वयनमा गएता पनि घर दैलोमा भएको सेवा सुविधा पनि कटौती गरी अन्य जिल्लामा पुगेको र जिल्लाका नागरिकहरुले सेवा लिन समस्या भएको भन्दै दोलखाका स्थानिय सरकार प्रमुखहरुले गुनासो गर्नु भएको थियो । दोलखामा प्रदेश स्तरीय कार्यालयहरु कुनैपनी नभएको र भएको कार्यालयहरु समेत उठेर अन्य जिल्लामा गए पछि उक्त कार्यालयले प्रदान गर्ने सेवा लिन जिल्लाका नागरिकहरुलाई समस्या भएको भन्दै स्थानिय सरकार प्रमुखहरुले गुनासो गरेका हुन् । स्थायिन सरकार प्रमुखको गुनासालाई सम्वोधन गनुृहुँदै मन्त्री खड्काले प्रदेश स्तरिय कानुनहरु निर्माण भई नसकेको र प्रदेश स्तरिय कार्यालय प्रत्येक जिल्लामा राख्नको लागि केहि समस्या देखा परेको हुँदा प्रदेश मातहतका सवै काम स्थानय तहबाट नै कसरी गर्न सकिन्छ भन्नेमा अध्ययन भई रहेकोले प्रत्येक जिल्लामा कार्यालय स्थापनाको लागि आफनो तर्फबाट पहल भई रहेको उहाँले बताउनुभयो ।

