एमाले विधार्थी संगठनले सातदोवाटोमा जलाए सरकारले ल्याएको अध्यादेश

भाद्र २ , सरकारले जारी गरेको राजनितिक दल सम्बन्धि अध्यादेशको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दोलखाले बुधबार चरिकोटमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले ल्याएको अध्यादेश राष्टघाती रहेको भन्दै एमालेका विधार्थी संगठनले चरिकोटको सातदोवाटोमा सरकारको विरोध गर्दे अध्यादेश जलाएर विरोध जनाएको छ । राजनितिक दलहरुलाई फुटाएर राष्ट्रियतालाई कमजोर बनाउन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाति अध्ययादेश ल्याएको भन्दै प्रदर्शनकारी सात दोबाटो चोकमा अध्यादेश जलाएको अनेरास्ववियु दोलखाका संयोजक राजकुमार ढुङ्गेलले जानकारी दिनुभयो । परामदेशबाट जारी भएको सरकारले आफनो स्वार्थ र सता टिकाउनका लागि आम नागरिकहरको हित विपरित अध्यादेश ल्याएको र अध्यादेशले देशमा अस्थिरता निमत्याउने भन्दै शेरवहादुर देउवा नृतृत्वको सरकारको विरोध गरेको अनेरास्ववीयू दोलखाले जनाएको छ ।

गत बैशाखमा केपी ओली नेतृत्वको सरकारले सोहि अध्यादेश जारी गर्दा चौतर्फी विरोध भएपछि फिर्ता लिईएको थियो ।