च्यामा हावा स्वास्थ चौकी पुननिर्माण सम्पन्न गरि स्थानीय तहलाई हस्तान्तरण

पुष्कर महत
तामाकोसी, बैशाख १२
राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) दोलखाले तामाकोशी गाउँपालिकालाई २ वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ ।

निर्माण सम्पन्न भएका स्वास्थ्य चौकी भवन आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर ६ स्थित च्यामा स्वास्थ्य चौकी र ७ स्थित हाँवा स्वास्थ्य चौकी भवन हस्तान्तरण भएसँगै तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलद्धारा समुद्‍घाटन समेत गरिएको छ । जिल्ला स्तरिय आयोजना कार्यान्वयन इकाई(भवन) चरिकोट दोलखाद्धारा टेण्डर खरिद विधिबाट निर्माण कार्य प्रक्रिया अघि बढाइएका भवन ड्रागन शिवालय अविसा जेभीले निर्माण सम्पन्न गरेको थियो । निर्माण व्यवसायीले आजै जिल्ला आयोजना कार्यान्वयन इकाई भवनलाई हस्तान्तरण गरेपछि इकाईका कार्यालय प्रमुख अर्जुन तामाङले सम्बन्धित वडाका वडाअध्यक्ष तथा स्वास्थ्य चौकी ईञ्चार्जलाई हस्तान्तरण गरिएको हो ।