नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल विजयी

चैत्र २८ काठमाण्डौ
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएको छ । शनिवार सकिएको मत गणनामा ६९४२ मत ल्याएर विजयी हुनुभएको हो । पोखरेलको प्रतिस्पधी निर्माला शर्माले ३ हजार ९ सय पन्ध मत प्राप्त गर्नु भएको छ । अन्य पदाधिकारीमा समेत पोखरेल प्यानलको उमेद्धारहरु विजयी भएको छ ।

चैत्र २५ गते भएको निर्वाचनमा नेपाली काङग्रेस निकट पे्रस यूनियन, माओवादी निकट प्रेस संगठन , नेपापा एमाले माधव समह लगाएत ११ पत्रकार संगठनहरुको संयुक्त प्यानलबाट पोखरेलको र नेकपा एमाले निकट वलि समुहबाट निर्मला शर्माको उमेद्धारी रहेको थियो ।

नेपाल पत्रकार महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा देशभारबाट १३ हजार भन्दा बढी मतदाताहरु रहेको थियो ।

पोखरेलेको प्यानलबाट खुल्ला केन्द्रीय सदस्यमा दोलखाबाट रमेश खतिवडा निर्वाचित भएको छ । खतिवडा ४ हजार ६ सय ५९ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएको हो ।