तामाकोशी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

पुष्कर महत
जफे, २७ चैत : दोलखाको तामाकोसी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

गाउपालिकाको वडा नम्बर ५ सहरे खेल मैदानमा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेलेले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उदघाटन गर्नु भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा बिधालयको छात्र, छात्राहरूको सहभागीता रहेको छ । रनिङ सिल्ड प्रतियोगितामा भलिवल, दौड, हाइजम्प, लङ्जम्प लगाएतका खेलहरु खेलाइने छ। प्रत्येक बिधामा प्रथम, द्वितीय र तृतीय हुने बिजयी प्रतियोगीहरुलाइ नगद ३० हजार , २५ हजार र २० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । गाउपालिकाले अन्य बिकासका पुर्वधार जस्तै खेल क्षेत्रलाइ पनि प्राथमिकतामा राखिएको र प्रत्येक बिधालयहरुमा खेलकुदका कार्यक्रमहरु संचालन गरिएको गाउँपालिकाले जनाएको छ । खेलकुदका माध्यमबाट खेलाडीहरुको मनोबल उच्च राख्नुका साथै खेलकुद क्षेत्रको बिकास गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको र पालिकामा १९ वटा खेलमैदानको निर्माण गरेको अध्यक्ष पोखरेलले बताउनु भयो । खेल चैत २९ गते सम्म संचालन हुने छ ।