दर्पण संवाददाता
चरीकोट, १२ चैत्र : नेपाल सरकारको संवृद्ध नेपाल सुखी नेपाली भन्ने अभियानलाई साकार पार्नका लागि देश सहि दिशा तर्फ लागेको संचार तथा सुचना प्रविधी मन्त्री एवंम नेपाल सरकारका प्रवक्ता मा पार्वत गुरुङले बताउनु भएको छ ।
दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको उदघाटन सभालाई सम्वोधन गर्नुहुदै मन्त्री गुरुङले नेपाल सरकारको संवृद्ध नेपाल निर्माण अभियान अन्र्तगत मुलुक सम्वृद्धीको बाटोमा लागेको र पछिल्लो राजनितिक घटनाक्रमहरुले अझ थप सहयोग पुगकेको बताउनुभयो । नेपाली नागरीकहरुले स्थाई सरकार चाहेको र त्यसको लागि आफुहरुलाई दुइै तिहाईको बहुमत दिएर सरकारमा पठाएको हुँदा यो सरकारको विकल्प नभएको उहाँले बताउनु भयो । छिमेकीहरुलाई खुसी पारेर आफु प्रधानमन्त्री वन्न विदेशी शक्ती तथा केहि व्यक्तिहरु यो सरकार ढाल्न लागि परेपनि जनताले जनताको पक्षमा काम गर्नको लागि बहुमत दिएर पठाएको सरकार भएको हुँदा सरकार कोहि व्यक्तिले चहादैमा सरकार परिर्वतन नहुने स्पष्ट पार्नु भयो । सरकार परिर्वतनका लागि सवै शक्ति लागि परेको भए पनि यो सरकारले नेपालीलाई सुखी र संवृद्ध बनाउनका लागि विकासका कामहरु धमाधम गरि रहेको हुँदा निरास नहुनका लागि नागरिकहरुलाई आग्रह गर्नु भयो ।

नेपाल सरकारका प्रवक्ता तथा संचार सुचना प्रविधि मन्त्री पार्वत गुरुङ तेस्रो राष्टपती रनिङ शिल्ड कार्यक्रमको उदघाटन गर्न आज गृह जिल्ला दोलखा आउनु भएको हो । डिजिटल नेपाल को अवधारण अनुसार दोलखाबाट सुरुवात गरेको स्मार्ट दोलखा निर्माणका लागि भौतिक पुर्वधारहरुको काम धमाधम भई रहेको र एफटिटिएच को काम सुरुवात भएको बताउनु भयो । नेपाल सरकार डिजिटल नेपाल निर्माणको अभियानमा रहेको र स्थानिय तह तथा सवै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको विस्तार तथा प्रविधीको विकास गराई प्रविधी मार्फत विश्वको जुनुकै ठाउँमा हुने सिकाइहरु ग्रमिण तहको विद्यालयहरुमा वसेर समेत सहज तरिकाले अध्यन गर्न सकिने व्यवस्था मिलाउने योजना रहेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले स्थानिय सरकारको गठन पश्चात आफुहरुले सुन्य लेवलबाट विकासको काम सुरुवात गरेको र हाल हरेक क्षत्रमा सम्मान तरिकाले विकासको काम गरि रहेको बताउनु भयो । अन्य क्षत्रमा जस्तै खेलकुदको क्षत्रमा पनि विगतका वर्षहरु देखिनै वजेट विनियोजन गर्दै खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । शैलुङ गाउँपालिकाकाले शैलुङ रंगशालामा आजबाट आयोजना गरिएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको सहभागिता रहेको छ ।

