दर्पण संवाददाता
चरीकोट, ५ फागुन
भूमि सम्वन्धी समस्याको सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग दोलखाको अध्यक्ष धमेन्द्र मोक्तानले आज पदभार ग्रहण गर्नु भएको छ ।
भूमि समस्या सामधान आयोग दोलखाको अध्यक्षमा केहि दिन अघि न्युतिm हुनु भएका मोक्तानले चरिकोटमा आयोगको कार्यालय स्थापना गरी पदभार ग्रहण गर्नु भएको हो । मोक्तानलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे र प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले पदभार ग्रहण गराउनु भएको थियो । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष मोक्तानले दोलखामा भूमि सम्वन्धी देखिएको सवैखाले समस्याहरुमा छलफल र समन्वय गरी आफनो कार्यकालमा समधान गर्ने बताउनुभयो । दोलखाको सवै स्थानिय तहमा जग्गा सम्वन्धी सिमा विवाद, सार्वजनिक जग्गाको विवाद, बनको जग्गाको विवाद, गुठी सम्वन्धी जग्गाको विवादहरु रहेको र ती विवादहलाई नापी, मालपोत, वन तथा संवन्धित निकाय संग आफुले छलफल र समन्वय गरी समधान गर्ने अध्यक्ष मोक्तानले बताउनुभयो । जिल्लामा अन्य समस्याहरु धेरै भए पनि सुकुमवासी सम्वन्धी समस्या खासै नभएको र सुकुम्वासीहरुको हकमा १ महिना भित्र लालपुर्जा पाउने गरि काम गर्ने उहाँले बताउनुभयो । भूमि सम्वन्धी समस्याको समाधन गर्न आयोगको दोलखामा न्युत्त हुनुभएका विज्ञ सदस्य वद्रि बुढाथोकी र सदस्य गोमा केसीले पनि आजै पदभार ग्रहण गर्नु भएको छ ।
दोलखामा भूमि समस्या समाधानका लागि आयोगको कार्यालय स्थापना भए संगै विवाद समाधान हुने अपेक्षा सहित नागरिकहरु खुसी भएका छन् । दोलखा जिल्लाको सात गाउँपालिका र दुई नगरपालिका रहेको सवै स्थानिय तहमा जग्गा सम्वन्धी विवाद रहदै आएको छ । दोलखाको सवै स्थायिन तहमा विभिन्न किसिमको ३५ देखि ४० ठाउँमा भूमि सम्वन्धी समस्या रहेको जिल्ला समन्वय समिति दोलखा प्रमुख डवल पाण्डेले बताउनु भयो ।
जिल्लामा सार्वजनिक जग्गा उपभोग र गुठीको जग्गामा ठुलो विवाद रहदै आएको छ । दोलखाको कालिन्चोक शैलुङ, तामाकोशी, लगाएतका क्षत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर लामो समय देखि वाक्लो वस्ती नै वस्दै आएकोमा सामुदायिक वन र स्थायिनहरु विच विवाद हुँदै आएको छ । पर्यटकीय क्षत्र कालिन्चोक र मेलुङ गाउँपालिकाको भेड्पु, भिमेश्वर नगरपालिकाले फुलपा लगाएको क्षत्रमा गुठी र स्थायिनहरु विच विवाद हुँदै आएको छ । मेलुङ गाउँपालिकाको भेडपुमा सिंगो वडाको जग्गा नै गुठीको नाममा रहेको र लामो समय देखि वासोवास गर्दै आएका सिंगो वडा वासिकै लालपुर्जा नभएको कारण पुन निर्माणमा समेत समस्या भएको छ । भिमेश्वर नगरपालिकाको फुलापा र शैलुङ गाउँपालिकाले भेडपु बासिले लामो समय देखि वस्दै आएको र उपभोग गर्दे आएको जग्गाको विषयमा गुठीको नाममा जग्गा रहेको भन्दै अहिले सम्म पनि लालपुर्जा पाउन सकेका छैनन् ।

सरकारले भुमि सम्वन्धी समस्याको लागि गठन गरेको यो आयोगले सुकुम्वासीहरुको मात्र समस्या भई भूमि सम्वन्धी सवैखाले समस्याको समाधान गर्ने भएपछि भूमिहिन नागरिकहरु खुसी भएका छन् ।