नागरिक प्रति जवाफदेही र पारदर्शी वन्दै शैलुङ गाउँपालिका

दर्पण संवाददाता
भैसे दोलखा

दोलखाको शैलुङ गाउँपालिका नागरिकहरु प्रति पारदर्शी र जवाफदेहिता वन्र्दै गएको छ । गाउँपालिकाले संचालन गरेको हरेक गतिवधि, विकास निर्माण, योजना, नागरिहरुले पाउने सेवा सुविधाको वारेमा सार्वजनिक रुपमानै खुल्ला कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।
मंगलबार गाउँपालिकाको वडा नम्वर ८ भैसेमा आयोजना गरेको कार्यक्रममा स्थायिनहरुले खुलेर विकास निर्माण योजना तथा गाउपालिकाको गतिविधीको वारेमा खुलेर प्रश्न गरेका थिए । जफदेहि रुपमा नागरिकहरुको प्रश्नलाई गाउ्रँपालिका प्रमुख भरत बहादुर दुलला, उप प्रमुख लालमाया योञ्जन, वडा अध्यक्षहरु संवन्धीत शाखा प्रमुखहरुले जवाफ दिएका थिए । हरेक नागरिकले पाउने सुचना अनुसार गाउँपालिकाले संचालन गरिहरेको विकास निमाण लगाएतको वारेमा आम नगरिकलाई जानकारी गराउने र नागरिकहरुको जिज्ञासाको समाधान गनेृ उदेश्येले कार्यक्रमको आयोजना गरिएको वडा नम्वर ८ का वडा अध्यक्ष रामेश्वर उप्रेतीले बताउनु भयो ।

भुकम्प गएको यतिका वर्ष वित्दा समेत शैलुङमा पुन निर्माण हुन नसकेको भन्दै स्थायिनहरुले गुनासो गरेका थिए । गाउँपालिकाले संचालन गर्ने विकास निर्माणका गतिविधीले अन्य केहि विनास समेत भएको हुँदा त्यस तर्फ पनि ध्यान दिन आग्रह गरिएको थियो ।

गाउँपालिका अध्यक्ष दुलालले नागरिकले उठाएको हरेक प्रश्नको जवाफ दिनु आफ्नो दायित्व भएको भन्दै जनताको निगरानी र खवरदारी आफुहरुका लागि मार्गदर्शन हुने बताए । सुशासनसहितको समृद्ध गाउँपालिका बनाउन निरन्तर सकारात्मक ढंगले खबरदारी गर्न उनलाई जनतालाई आव्हान गरे ।

गाउँपालिकाले संचालन गर्ने गतिविधीहरुको वारेमा सार्वजनिक सुनुवाई गरी नागरिकहरुलाई जानकारी गराउनुका साथै पारर्दशी वन्नु पर्ने कानुनी व्यवस्था भएता पनी जिल्लका अन्य गाउँपालिकाहरुले भने सर्वाजनिक सुनुवाई समेत गर्ने गरेका छैनन् ।