दर्पण संवाददाता
मेलुङ बैशाख २४
दोलखाको मेलुङ गाउँपालिका वडा नं ५ डाडाखर्कमा आज साझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
रामेछापको दोरम्बा गाउपालिका १ सुर्केनिवासी ३९ वर्षकी सितामाया श्रेष्ठको आज साझ चट्याङ परि घट्नस्थलमानै ज्यान गएको दोलखा प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनु भयो । दोलखाको डाडाखर्का आफन्तकोमा पुगि फर्कने क्रममा चट्याङ परेको र सितामाया श्रेष्ठको ज्यान गएको छ भने मोति श्रेष्ठ घाइते भएको प्रहरिले जनाएको छ । घाइतेको स्थानिय डाडाखर्का स्वास्थ्य चौकीमा उपचार भइ रहेको छ ।