दर्पण संवाददाता
चरिकोट, ११ चैत्र
विश्वमा फैलिरहेको कोरोना भाइसर रोकथामका लागि नेपाल सरकारले आज बाट लकडाउनको घोषण गरे संगै दोलखाको प्रमुख व्यापारीक सहरहरु सुनसान वनेका छन् ।

जिल्लाको चरिकोट, दोलखा, मैनापोखरी जिरी लगाएतका वजारहरु सुनसान वनेका छन । अति आवश्यक वाहेक सवारी साधन तथा सामन्य हिडडुल गर्नमा समेत प्रशासनले रोक लगाएको छ ।

आज विहानै देखि चरिकोट बजार क्षेत्रमा निजी तथा सरकारी सवारी साधनहरु संचालनमा रोक लगाएको छ । अति आवश्यक काम वाहेक काही कसैलाई पनी घर वाहिर ननिस्कन प्रशासनले आग्रह गरे संगै बजार सुनसन बनेको छ । जिल्लाको सवै होटल पसलहरु विहानै देखि वन्द भएका छन् । तस्बिर प्रभु जिरेल


