रक्तअल्पता भएका दिल बहादुर भुजेललाई तारा दलगणका सेनाद्धारा रक्तदान

दर्पण संवाददाता
चरिकोट कार्तिक १७

रक्तअल्पता भई प्राथमिक उपचार केन्द्र चरिकोटमा उपचार गराई राख्नु भएका दोलखा जिल्ला विगु गाउँपालिका वडा नंम्वर ५ चिलंखाका दिल बहादुर भुजेललाई दोलखामा रहेको तारा दल गणका सेनाहरुले रक्तदान गरेको छ ।

प्राथमिक उपचार केन्द्र चरिकोटमा भर्ना भएका विगु गाउँपालिका वडा नम्वर ५ चिलंखाका ४१ वर्षिय दिल बहादुर भुजेललाई तारा दल गणका दुई सेनाले रक्तदान गरेको हो ।
भुजेललाई तत्काल B+VE रगत आबश्यक परेकोले उक्त रगतको लागि श्री तारादल गणमा अनुरोध गरेको हुंदा श्री तारादल गणबाट व्य. .217088 हु.क दिपेन्द्र गौतम र व्य.नं 277602 सि। मनिस लामाबाट रक्तवदान गरेकोले तारा दल गणका क्यापटेन रोसन वस्नेतले बताउनु भयो । नेपाली सेनाले आकस्मिक बिरामिहरुलाई रक्तदान गरी उपचार कार्यमा सहयोग ग¥दै आएको छ ।