जनमुखी साकोसको २२ औ बार्षिक साधारणसभा सम्पन्न, पत्रकार प्रभु जिरेल सम्मानीत

प्रविण कुमार खतिवडा
मैनापोखरी, असोज ११

जनमुखी बचत तथा ऋण सहकारी संस्था लि को २२ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरीमा सहकारीका अध्यक्ष सिताराम दहालको अध्यक्षतामा भएको सधारण सभा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले सहकारीहरुले सदस्यहरुको सामाजिक एकता, आर्थीक समृद्धिको लागि काम गर्नुपर्ने बताउदै सहकारी एकिकरणको अभियानमा लाग्न सहकारीहरुलाई आग्रह गर्दै आफुले समन्वय गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

साधरण सभामा सस्थाका सह–सचिब राजन के.सीले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण चौलागाईले हाल संस्थाको कुलपुजी ७६ करोड १९ लाख ६६ हजार ८ सय २९ रुपैया, शेयर ७ करोड ९७ लाख ५ हजार ५ सय रुपैया, बचत ५३ करोड ५२ लाख ३७ हजार ८ सय १० रुपैया, खुद नाफा २ करोड ६२ लाख ३१ हजार २ सय ९७ रुपैया बराबरको संस्थाको वित्तिय प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले विभिन्न १४ प्रकारको बचत सेवाहरु प्रदान गर्दै सदस्यको छ ।
संस्थाले बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट व्यवसायी, लगायतका विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, जिल्ला बचत संघका अध्यक्ष जिवसराज खड्का, जनसचेतन साकोसका अध्यक्ष भिम प्रसाद दहाल, नेकपा वैतेश्वरका अध्यक्ष माधव प्रसाद दहाल, वैतेश्वर ७ का वडा अध्यक्ष रेशमराजस्वराज रिमाल, हनुमन्तेश्वर माविका प्र.अ गोपालध्वज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । हाल संस्थामा १६ हजार ५ सय ८० जना शेयर सदस्य रहेका छन ।

पत्रकार प्रभु जिरेल सम्मानीत
दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधाराण सभाको अवसरमा पत्रकार प्रभु जिरेल सम्मानित भएका छन् ।
पत्रकारीताको माध्यमबाट सहकारी क्षेत्रलाई महत्वपुर्ण योग्दान गरेको उच्च मुल्याङकन गर्दै जिरेललाई नगद सहित सम्मान गरेको हो । पत्रकार जिरेल विगत १० वर्ष देखि पत्रकारीता क्षेत्रमा आवद्ध हुनुहुन्छ । संस्थाको २२ औ साधारण सभाको आवसरमा दोलखाको वैत्येश्वर गाउँपालिका वडा नम्वर ५ मैनापोखरीमा आयोजना गरेको एक कार्यक्रमको अवरसरमा सहकारीको क्षेत्रमा संचार माध्यमबाट महत्वपुर्ण योगदान को कदर गर्दै सम्मान गरेको संस्थाका अध्यक्ष सितारम दहालले बताउनु भयो । रेडियो पत्रकारीता बाट पत्रकारीता पेशा सुरु गरेको जिरेल हाल राष्ट्रिय समाचार समिती जिल्ला संवाददातामा र दर्पण संचार अनलाइनका प्रमुख हुनुहुन्छ । आदिवासी जनाजाती पत्रकार महासंघ दोलखाका अध्यक्ष र नेपाल पत्रकार महासंघ दोलखाको कार्यसमिती सदस्य पदमा रहि जिरेलले काम गर्दै आउनु भएको छ ।