
दर्पण संवाददाता
चरिकोट, ४ भाद्र
जिल्ला सहकारी संघ दोलखाले २७ औँ स्थापना दिवसको अवसरमा जोखिममा रहेका बालबालिकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
जिल्लाको चरिकोट स्थित आवज नेपालद्धारा संचालित स्नेह केन्द्रमा वसोवास गर्ने जोखिममा परेका ११ जना बालबालिका तथा किशोरीहरुलाई आवश्यक पर्ने खाद्यान्नका सामग्री सहयोग गरेको छ । बालबालिका हरुका लागि आवश्यक पर्ने दाल, चामल, तरकारी, चिउरा विस्कुट, सरसफाइका सामग्री गरी करिव १० हजार बरावरको सहयोग गरेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले बताउनु भयो ।
दोलखाको चरिकोट स्थित आवाज नेपालले संचालन गरेको स्नेह केन्द्रमा दोलखा जिल्लाको जोखिममा परेका ११ जना बालबालिका तथा किशोरीहरुको हेरचाह गर्दै आएको छ । विभिन्न कारणले जोखिममा परेका बालबालिकाहरुको हरेरचाह गर्नुका सार्थै आवज नेपालले बालबालिकालाई अध्यापन समेत गराउदै आएको छ । हाल ५ जना बालबालिका दुई जना सुस्त मनस्थीतिको र अन्य विभिन्न कारणले जोखिममा परेका किशोरीहरु रहेको आवज नेपालका अध्यक्ष सिर्जना कार्कीले बताउनु भयो ।
दोलखा जिल्लाको विभिन्न क्षेत्रका बालबालिकाहरुको वसोवास रहेको भएता पनि स्थानिय तह लगाएत अन्य क्षत्रहरुबाट सहयोग नपाएका कारण स्नेह केन्द्र संचालनका लागि समस्या हुने गरेको अध्यक्ष कार्कीले बताउनु भयो ।
जिल्ला सहकारी संघ स्थापना भएको २७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डे संघ अध्यक्ष हेमन्त चौलागाईले कार्यालयमा केक काटेर शुभकामना आदन प्रदान गरिएको थियो ।