दोलखाको जिलुमा टहरामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

दर्पण संवाददाता
चैत्र ३

दोलखाको भिमेश्वर नगरपालिका वडा न ४ साकेश्वारामा जस्ताको अस्थाई टहरामा गयराती आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ ।

आगलागीमा परि ५७ बर्षिय खडग प्रसाद चौलागाइको ज्यान गएको प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिनु भयो । जस्ता र काठको अस्थाई टहरामा एकलै सुतेका चौलागाईको जलेर निधन भएको हो । रातीनै टहरामा आगोलागी भएता पनि स्थानियहरुले आज विहान मात्र थाहा पाएको र हेर्दा जलेर चौलागाईको निधन भईसककेको स्थानियले बताएका छन् । उनका अन्य परिवार हरु ३० मिटर तल घरमा वस्दै आएको र मृतक चौलागाई मात्र टहरामा वस्दै आएका थिए । आगलागी के कारण भएको भन्ने विषयमा अनुसन्धान भई रहेको दोलखा प्रहरीले जनाएको छ ।