प्रभु जिरेल
चरिकोट, १४ फागुण
गौरिशंकर गाँउपालिका वडा न ८ खारेमा रहेको सोतली डाँडामा पर्याटक प्रर्वद्धन गर्ने उदेश्यले ३० फुटको नेपालको राष्ट्रिय झण्डा गाडिएको छ ।
सरकारले २०२० लाई पर्याटन वर्ष घोषना गरी रहेको अस्थामा पर्याटकीय जिल्ला दोलखाको गौरिशंकर गाँउपालिका भित्र रहेको पर्याटकीय क्षेत्र सोतली डाँडाको प्रचार प्रशार गरी पर्याटकलाई आकर्षीत गर्ने उदेश्यले राष्ट्रिय झण्डा गाडिएको गाँउपालिका प्रम्ख स्वयम बहादुर खड्काले बताउनु भयो । चार घण्टाको पैदल यात्राबाट पुग्न सकिने समुन्द्री सतहदेखि ३३ सय ५० मिटरको उचाइमा रहेको सोतली डाँडामा सोमबार प्रतिनिधी सभा सदस्य माननिय पार्वत गुरुङ, पुर्व राज्य मन्त्रि एवमं नेकपाका नेतृ देवी खड्का, जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक भिमेश्वर नगरपालिका मेयर भरत बहादुर केसी, सशस्त्र प्रहरीबलका प्रहरी नायव उपरिक्षक किरण कुमार कठायत लगाएतको उपस्थीतीमा ३० फुटको लामो झण्डा गाडिएको हो ।

प्राकृतीक रुपमानै सोतली डाँडामा प्रर्याटनको प्रचुर सम्भावना रहेको बताउनु हुँदै माननिय सांसद पार्वत गुरुङले यस क्षेत्रमा पर्याटन प्रर्वद्धनको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । गौरिशंकर हिमालको काखमा रहेको सोतली डाँडा पर्याटकीय दृष्टिकोणले अत्यन्तै राम्रो रहेको भएता पनि प्रचार प्रशारको कमि भएको बताउनु हुँदै झण्डा राख्ने अभियानका अभियान्ता स्थानिय युवा उमेश गुरुङले सोतली सवैले एकपटक पुगेर अनुभव गर्नु पर्ने ठाँउ भएको बताउनु भयो ।

सोतली डाँडामा चरिकोटबाट २ घण्टाकोे सडक यातयातबाट खारेको गुरुङ गाँउ सम्म गाडिमा पुग्न सकिन्छ । गुरुङ गाँउवाट करिव चार घण्टाको पैदल यात्राबाट सोतली डाँडामा पुग्न सकिन्छ । पैदल यात्रीहरुलाई मध्यनजर गरी सोतली डाँडा सम्म पुग्नको लागि सिंढीको व्यवस्था समेत गरेको छ । सोतलीमा राखिएको ३० फुटको झण्डा गौशिंकर गाँउपालिकाको सवै वडाहरुबाट सहर्जै देख्न सकिन्छ । यस क्षेत्रबाट गौशिंकर हिमाल लगाएतका हिम्रश्रृङखला सहजै रुपमा नजिकैबाट नियाल्न सकिनुका साथै दोलखाको अधिकांश भुभाग अबलोकन गर्न पाइन्छ ।

