दर्पण संवाददाता
श्रावण १० मन्थली
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेर एक जनाको ज्यान गएको छ ।
मन्थलीको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ६ की बर्ष १९ की सर्मिला कर्मचार्यको नदिमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यलाई मन्थलीको ऐयरपोर्ट नजिकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा उपाचरका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिए । मृतक युवती भक्तपुरबाट दोलखा घुम्न जाने क्रममा बाटोमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेको भनिएता पनि घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
