
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर ८ खारेमा वातावरणीय अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जर्मन सहयोग र टिडिएच जर्मनीको सहयोगमा सिबिस नामक संस्थालले दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ८ खारेमा फाल्गुन १४ गते २० जना युवा सहित ३० जना स्थानिय सरोकारवालाको उपस्थितिमा वातावरणीय अधिकार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । भएको कार्यक्रमको अध्यक्षता गौरीशंकर गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा गौरीशंकर गाउँ कार्यपालिकाको सामाजिक विकास समितीका युग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा वडाका युवा युवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी युवाहरुले स्थानीय तहमा युवाहरुले भोग्नुपरेका समस्या तथा युवाहरुले गरेका प्रयासहरु बारे आफ्नो आफ्नो अनुभव व्यक्त गरेका थिए भने गौरीशंकर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका गणेश श्रेष्ठले गाउँपालिकाले वातावरण र युवाको क्षेत्रमा गरिरहेको कार्यक्रम र प्रयासबारे जानकारी गराउनुभएको थियो ।
जर्मन सहयोग र टिडिएच जर्मनीको सहयोगमा सिबिस नामक संस्थाले गत बर्षदेखि गौरिशंकर गाउँपालिकाको वडा नम्वर ८ खारेमा युवाहरुमा वातावरण संरक्षण, पैरवी, एबम उद्यमशिलता प्रर्वद्धन गर्न स्थानिय देखि बिश्वब्यापी परियोजना संचालन गरिरहेको छ । युवाक्लब गठन संगै युवाहरुको सकृयतामा उद्यम विकास एबम पैरवीको कामहरु अगाडि वढाई रहेको छ । अन्तरक्रिया अगाडि युवाहरुको बैठक एबम गौरीशंकर जलविद्युत प्लान्ट र जलविद्युत ढ्यामको अवलोकन गरेका थिए । यो कार्यक्रम दोलखाको गौरीशंकर गाउँपालिका सहित वाग्मती प्रदेशका ७ जिल्लाको ७ वटा पालिकामा संचालन भएको सिबिसको जिल्ला युवा उत्प्रेरणा अधिकृत सन्जिप न्यौपानेले जानकारी दिए ।

