मार्वु वडा कार्यालयको भवन पुर्व मन्त्री गुरुङद्धारा उदघाटन

चरिकोट, १३ चैत
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ७ मार्वुमा निर्माण गरिएको वडा कार्यालय भनवको उदघाटन सम्पन्न भएको छ ।
मार्वुमा निर्माण सम्पन्न भएको वडा कार्यालयको पुर्व संचार तथा सुचना प्रविधी मन्त्री दोलखाका संघिय सांसद पार्वत गुरुङले एक कार्यक्रमका विच उदघाटन गर्नु भएको हो । वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भए संगै वडाको पक्कि भवनबाट सेवा प्रवाह भएको वडा अध्यक्ष रेशमराज रिमालले बताउनु भयो । वडा कार्यालयको उदघाटन गर्नुहुँदै मन्त्री गुरुङले जनप्रतिनिधीहरुले स्रोत र साधनहरुको प्रयोग गरी क्रमिक विकासका गतिविधीहरु निर्माण भई रहेको र सवैको साथ सहयोगमा विकास निर्माणले गति दिने भएको हुँदा सवैले सहयोग गरेर अघि वढनुपर्ने बताउनु भयो । विकास निर्माणको क्रममा विभिन्न वहानामा अवरोध गर्ने जस्ता गतिविधीहरुले समस्या पैदा हुने भएको हुँदा त्यस तर्फ सवैले ध्यान दिनुपर्ने बताउनु भयो ।


वैतेश्वर गाउँपालिका वडा नम्वर ७ मार्वुले यस अघि भाडाको घरवाट सेवा प्रदान गर्दै आएको थियो । पक्कि भवन निर्माण भए पछि आम नागरिकहरुलाई सहज भएको वडा अध्यक्ष रिममालले बताउनु भयो । रकम अभावका कारण भवन निर्माण अलपत्र परिरहेको समयमा सांसद विकास कोष मार्फत पुर्व मन्त्री गुरुङले सहयोग गर्नुभएको भन्दै वडा कार्यालयले सम्मान गरेको छ । कार्यक्रमको अवसरमा भवन निर्माणका लागि सहयोग गर्नुहुने सहयोगी तथा जग्गा दाताहरुलाई सम्मान गरिएको छ ।