भिमेश्वर नगरपालिकाले मनायो २७ औँ स्थापना दिवस, उत्कृष्ट कर्मचारीहरु सम्मानित

किष्मा थामी

दोलखाको भिमेश्वर नगरपालिका स्थापना भएको २७ वर्ष पुरा भएको अवसरमा आज नगरपालिकाले स्थापना दिवस मनाएको छ ।
२०५३ साल माघ ११ गते स्थापना भएको दोलखाको भिमेश्वर नगरपालिकाले कार्यलयमा आज एक कार्यक्रमको आयोजना गर्दै २७ औँ स्थापना दिवस मनाएको हो । नगरपालिकाको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै बाग्मती प्रदेश सभा सदस्य भरत बहादुर केसीले नगरलाई संमृद्ध बनाउन नगरवासीहरुको आयआर्जन बृद्धि गराउने योजनाहरुलाई अघि बढाउनुपर्ने बताउनु भयो । भिमेश्वर नगरपालिकाका पुर्व नगर प्रमुख समेत रहनुभएका सांसद केसीले भिमेश्वर नगरपालिकाले नगरवासीहरुको संवृद्धिको लागि अगाडी सारेका योजनाहरुलाई कार्यन्वयन गराई संमृदिको बाटोमा लैजानका लागि आफुले सक्दो साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भिमेश्वर नगरपालिकाले नगरपालिकाको २७ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाको उत्कृट कर्मचारीहरुलाई सम्मान गरेको छ । लामो समय देखि नगरपालिकामा रहि काम गर्दै आउनुभएका अर्जुन लामा, किरण दहाल र रमा सापकोटालाई नगरपालिकाले सम्मान गरेको हो । सो अवसरमा दोलखा जिल्लाबाट समय अवधी पुरा गरी सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई मायाको चिनो प्रदान गरिएको छ ।

भिमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नगरपालिकाका उपप्रमुख कमला वस्नेत, प्रवक्ता तारानाथ चौलागाई, प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेल राजनितिक दलका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।