दोलखाको मेलुङ गाउँपालिकामा दोस्रो राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सुरु

विपना मुग्राती

दोलखाको मेलुङ गाउँपालिकामा दोस्रो राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ ।

मेलु्ङ गाउँपालिकाले आयोजना गरेको पालिका भित्रका विद्यालय स्तरीय दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मेलुङ स्थित टुडिखेल मैदानमा सुरु भएको हो । राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा मेलुङ गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरको अध्यक्षतामा सुरु भएको खेलको वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीले प्रतियोगिताको उदघाटन गर्नुभएको थियो । प्रतियोगिताको उदघाटन गर्नुहुँदै सांसद केसीले अन्य विकास जस्तै खेल क्षत्र पनि मनोरन्जनका लागि मात्र नभई अति महत्वपुर्ण भएको र खेल क्षेत्रको विकासका लागि सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । खेल चार दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।