बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई दोलखामा स्वागत

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई नेकपा एमाले दोलखाले जिल्लामा स्वागत गरेको छ ।

वागमती प्रदेशको मन्त्री मण्डल विस्तार पछि पहिलो पटक विशेष कामले दोलखा भ्रमणमा आउनुभएका आर्थिक मामिला तथा योजना मन्त्री थपलियालाई नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ सहितका नेता तथा कार्याकर्ताहरुले पार्टी कार्यालयमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा सहभागी जिल्लाका नेता तथा कार्यकताहरुलाई सम्वोधन गर्नुहुँदै मन्त्री थपलियाले दोलखा जिल्लामा निर्माण भई रहेको प्रदेश स्तरीय महत्वपुर्ण योजनाहरुलाई निरन्तरता दिँदै समग्र दोलखा विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दोलखाको विकासको लागि जिल्लामा निर्माण भई रहेको चलचित्र नगरीलाई समेत वागमती प्रदेशले सहयोग गरेको र उक्त नगरी चाँडो निर्माणको लागि सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । आगमी दिनमा वागमती प्रदेश सरकारले साना टुक्रे योजना भन्दा पनि नागरीकहरु संग प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई प्राथमिकतामा राख्नेसमेत बताउनुभयो ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा दोलखाका अध्यक्ष श्रेष्ठले बागमती प्रदेशले योजना छनोटमा दोलखालाई प्राथमिकता नदिएको गुनासो गर्नुहुँदै आगमी दिनमा त्यस्तो हुन नदिनका लागि मन्त्री थपलियालाई सेचत गराउनुभयो । स्वागत कार्यक्रममा एमाले दोलखाका नेता कार्यकता व्यवसायीहरुको सहभागिता रहेको थियो ।