दर्पण संवाददाता
चरिकोट, २७ भाद्र ः प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण वस्नेत वस्नेत सहित गृह जिल्ला दोलखाका तिन पत्रकार सम्मानित हुनुभएको छ ।
दोलखाबाट प्रतिनित्व गर्दै मिडिया क्षत्रमा राष्ट्रिय स्तरमा पुग्न सफल भएका प्रेस काउन्सीलका अध्यक्ष सहित जिल्लाका तिन जना पत्रकार दोलखामा आज सम्मानित भएका हुन् । सम्मानित हुनुहुनेहरुमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण वस्नेत, प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा रहेका छन् । दोलखा जिल्लामा जन्म भई पत्रकारीता क्षत्रमा उच्च स्थानमा पुग्न सफल भएको र पत्रकारिता क्षत्रबाट दोलखा जिल्लामा गर्नु भएको योगदानको प्रशंसा गदै चरिकोट मिडिया फाउन्डेशन र हुराडेक नेपाल दोलखाले सम्मान तथा वधाई ज्ञापन गरेको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा सम्मानित व्यक्ति वालकृष्ण वस्नेतले काउन्सिलको नीति नियम अनुसार आफुले प्रतिबद भएर काम गर्ने बताउनु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्यहरु चिरञ्जीवी मास्के र दिपक पाण्डे, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस चौतरी नेपालका बागमति प्रदेश संयोजक सरदचन्द सापकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले शुभकामना व्यक्ति गर्नु भएको थियो ।

