दोलखाको सिंगटी बजारमा रहेको प्रभु वैक लिमिटेड सिंगटी शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभु वैक लिमिटेडको सिंगटी शाखाले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्वर ३ मा रहेको कालिनाग उच्च माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरको हो । कालिनाग माध्यमिक विद्यालयको व्यवस्थापनमा सो विद्यालयमा अध्ययनरत करिव एक सय भन्दा वढि विद्याथीहरुको उपस्थितीमा प्रभु वैक लि ले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वैकका शाखा प्रमुख सुरेन्द्र श्रेष्ठ, कर्जा विभाग प्रमुख रंजित बुढाथोकी, रमिना श्रेष्ठ लगाएतले वैक तथा वित्तिय क्षत्रको वारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।

