२२ जेष्ठ, चरिकोट ।
‘सेभेन ए साइड प्रथम भीमेश्वर मेयर कप’ पुरुष फुटबल प्रतियोगिता आज देखि चरिकोटमा सरु भएको छ।
भीमेश्वर नगरपालिकाको मुख्य आयोजना र जिल्ला फुटबल संघ दोलखाको सहकार्यमा भएको प्रतियोगिता पूर्व पर्यटन तथा सांस्कृतिक मन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गर्नु भएको हो ।
खेलमा प्रथम, दितिय हुनेलाई सिल्ड, मेडल, प्रमाणपत्र सहित क्रमशः ४० हजार, २० हजार र सेमिफाइनलमा पुगेका २ टिमलाई पनि सिल्ड, मेडल, प्रमाणपत्र सहित ५ र ५ हजार प्रदान गरिने सहआयोजक इको टि पार्टले जनाएको छ।
उद्घाटन लगत्तै सुरु भएको पहिलो खेलमा अर्का सहआयोजक ग्रिन नेपालले द राईजिङ स्टार स्कुल चरिकोटलाई २-० ले हराउदै जित हासिल गरेको छ । लगत्तै भएको दोस्रो खेलमा सिङलमु युनाइटेड जिरीले कामावी चरिकोटलाई ६- ० ले पछि पार्दै जित हासिल गरेको छ।
त्यसै गरि तेस्रो खेलमा माउन्ट भेलि एकेडेमी चरिकोटले द स्याभेज चरिकोटलाई ३-० ले हराउदै जित हासिल गरेको छ भने आजको अन्तिम खेलमा न्यु जेनेरेजन बोचले दोलखा युनाइटेड चरिकोटलाई २-० ले हराउदै जित हासिल गरेको छ।