
दर्पण संवाददाता
चरीकोट, ११ वैशाख ः दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपा शितल वस्तीमा रहेको कालाघारी झर्ना हिउँदको यो समयमा पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गई रहेको छ ।
शितल वस्तीमा अवस्थीत प्रचारप्रसारको अभावका कारण ओझेलमा रहेको कालाघारी झर्ना यतिवेला पौडी खेल्ने झर्नामा रमाउने तथा सामाजिक सञ्जालमा टिकटक बनाउनेहरुले भरीभराउ भएको पाइन्छ । हिउँदको गर्मी यो सिजनमा पनी आकर्षक झर्ना र पौडी खेल्नको लागि उपयूक्त व्यवस्थापन भएका कारण धेरै जासो आन्तरीक पर्यटकहरु रमाउनका लागि कालघारी झर्ना पुग्ने गरेको पाइन्छ । केहि वर्ष अघि सम्म प्रचार प्रसारको अभावमा रहेको झर्ना पछिल्लो समय दोलखाको पर्यटकीय गन्तव्यहरु मध्येकै एक गन्तव्यको रुपमा उच्च चर्चामा रहेको पाइन्छ ।
पर्यटकहरुलाई लक्षित गरी कालाघारी झर्नामा गाउँपालिका तथा प्रदेश सरकारको सहयोगमा धमाधम पुर्वधार विकारको कामहरु भई रहेको छ । गाउँपालिका वडा नम्वर ८ सितलवस्तीबाट सडक सञ्जालले नजिकै भएता पनि भौगोलिक अवस्था तथा अन्य पर्यटकलाई अकर्षित गराउन सिंढी निर्माण गरिएको छ । पुर्वधार निर्माणको लागि गाउँपालिकाले ५ लाख वडा कार्यालयले ५ लाख र वागमती प्रदेश सरकारको पुर्वधार विकास कार्यक्रम अन्र्तगत सांसद विशाल खड्का द्धारा १० लाख लागतमा पर्यटकलाई आवश्यक पुर्वधार निर्माणको काम भई रहेको छ । २० लाखको लागतमा करिव १८ सय ओटा सिंढी प्रतिक्षालय जस्ता पुर्वधार निर्माणको काम भई रहेको वैत्येश्वर गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रमेशकुमार अधिकारीले बताउनु भयो । गाउँपालिकाले नै कालघारी झर्नालाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गरी रहेकोहुँदा पर्यटनको माध्यमबाट वडालाई मात्र नभई सिंगो गाउँपालिका लाई फाइदा हुने विश्वास रहेको अध्यक्ष अधिकारीले बताउनु भयो । आकर्षक झर्नाको साथै साहासीक खेलहरुको राम्रो संभावना रहेकोले त्यस्ता खेलहरुको वारेमा पनी अध्यान भई रहेको अध्यक्ष खधिकारीले बताउनु भयो । तस्विर– जिवन लामा



