पत्रकार महासंघको भवन निर्माणको लागि गौरीशंकर गाउँपालिकाको दुई लाख पच्चिस हजार सहयोग

दर्पन संबाददाता
बैशाख १५ चरिकोट
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि गौरीशंकर गाउँपालिकाले दुई लाख पच्चीस हजार सहयोग गरेको छ ।

आज गाउँपालिकाको कार्यालय सुरीमा अध्यक्ष सोयम बहादुर खड्काले पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई दुई लाख पच्चिस हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार महासंघको भवन लामाचौर चरिकोटमा निर्माण भईरहेको छ । सूचनामैत्री र अत्याधुनिक भवन निर्माण हुने भएकाले नगरपालिका गाउँपालिकाहरुले समेत सहयोग गर्दै आएको छ । विभिन्न व्यक्तिहरुको सहयोग र भीमेश्वर नगरपालिकाको सहयोगमा एकतले ढलन सम्पन्न भएको छ ।
यसअघि तामाकोशी, वैत्यश्वर, शैलुङ, विगु गाउँपालिकाले सहयोग गरिसकेको छ । महासंघको भवनमा अत्याधुनिक हल, पुस्तकालय, संग्रहालय र दोलखा जिल्लाको पहिचान झल्किने खालको हुनेछ ।