नेपालकै सवैभन्दा ठुलो जीवन विमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चरिकोटमा अभिकर्ता पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले जीवन विमा सम्वन्धी जानकारी गराउने उदेश्यले चरीकोटमा आयोजना गरेको कार्यक्रममा जिल्ला भरका करिव एक सय भन्दा बढि अभिकर्ताहरुको सहभागिता रहेको थियो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी दोलखामा करिव ६ सय अभिकर्ताहरु रहेको र आज आयोजना गरिएको कार्याक्रममा करिव एक सय अभिकर्ता सहभागि भएको नेपाल लाईफ इन्स्योरेन्स चरिकोट शाखाका शाखा प्रमुख रामचन्द केसीले जनाकारी दिनुभयो । अभिकर्ताहरुको लागि आयोजित पुनर्ताजकी कार्याक्रमको अवसरमा व्यवसायीक लक्ष्य पुरा गर्ने एजेन्सीहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका नायव महाप्रवन्धक स्मिृत कण्डेल र क्षेत्रिय प्रमुख रमेश कुमार पौडेलले विमा विक्रि कला लगाएतको विषयमा जानकारी गराउनु भएको थियो ।
