
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चरीकोट उपशाखाले विमा दावी रकम भुक्तानी गरेको छ ।
कम्पनीको चरीकोट उपशाखाले दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी निवासी पत्रकार स्वर्गिय शेर बहादुर भुजेलको जिवन विमा वापतको रकम परिवारलाई भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीको उपशाखा चरिकोटमा आज एक कार्यक्रमको आयोजना गरी मृतक शेर बहादुर भुजेलको परिवारलाई ११ लाख दुई हजार नौ सय सत्र रुपैयाको चेक हस्ताणतरण गरिएको शाखा प्रमुख रामचन्द्र केशीले बताउनुभयो । मृतक भुजेलले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाख वरावरको विमा गर्नुभएको थियो । दुई वर्ष अघि मात्र इन्स्योरेनस गर्नुभएको भुजेलले विमा कम्पनीलाई एक लाख ३० हजार मात्र भुक्तानी गर्नुभएको अवस्थामा भुजेलको निधन भए पछि मृतु पश्चात दावी विमा रकम श्रीमती कविता भुजेल। उहाँको परिवार तथा अभिकर्ताको रोवरमा ११ लाख रकम भुक्तानी गरिएको शाखा प्रमुख केशीले बताउनुभयो ।
दोलखा जिल्लामा रहि पत्रकारीता क्षत्रमा सक्रिय पत्रकार भुजेलको माघमा घरमानै सुतेको अवस्थामा निधन भएको थियो । मृतक भुजेल पत्रकारीता संगै मानव अधिकारको क्षेत्र तथा विभिन्न संघसंस्थाहरुमा अवद्ध रहनुभएको थियो ।

 
  
 