नेपालमा कोरोनाका कारण एकै दिन २८ जनाको मृत्यु, ३१२२ नयाँ संक्रमित थपिए


१२ वैशाख, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामाकोरोनाभाइरसका कारण २८ जनाको ज्यान गएको छ भने ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ जनाको पीसीआर परीक्षण गर्दा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज २८ जना सहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१६४ पुगेको छ ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ भने १७ हजार ७८८ जना होम आइसोलेसनमा र १५९४ जना संस्थागत आइसोलेसनमा वसिरहेका छन् । २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना भाइसरको संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको हुँदा स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालन गर्नका लागि नेपाल सरकारले आग्रह गरेको छ ।