नेकपा एमाले दोलखाले आज चरिकाटेमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको महान पर्वहरु दशै तिहार तथा छट पर्व २०८० को अवसरमा आज चियापान कार्यक्रम सम्पन्न गरेको हो । नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको चियापान कार्यक्रममा दोलखाका विभिन्न राजनैतिक दलका प्रतिनिधी, जिल्ला स्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, नेता कार्यकर्ताहरुको वाक्लो उपस्थिती रहेको थियो । शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुँदै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व संचार मन्त्री पार्वत गुरुङले यो महान पर्वले सवै नेपालीहरुमा संवृद्ध जिल्ला निर्माणको लागि नयाँ सोच र जाँगरको कामना सहित सुख, शान्ती, संमृद्धीको लागि शुभकामना ब्यक्त गर्नुभयो । पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य तथा कार्यकताहरुको उपस्थिती रहेको चियापान कार्यक्रममा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले नेपालीहरुको महान पर्वको अवसरमा शुभकामना आदनप्रदान गर्नुका साथै एक आपसमा नेता कार्यकता विच सम्वन्धहरु सुमधुर बनाउनका लागि पार्टीले चियापान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
त्यस्तै नेकपा एमाले वैतेश्वर गाँउपालिका कमिटिले समेत शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ । एमाले वैतेश्वर गाउँपालिका कमिटीले मैनापोखरी बजारमा आज चियापन कार्यक्रम आयोजना गरेको हो । वैतेश्वर गाउँपाटी कमिटिका अध्यक्ष माधव घिमिरेको अध्यक्षतामा भएको चियापान कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्रि पार्वत गुरुङ, एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठ, सह संयोजक राजेन्द्र मानन्धर, प्रदेश कमिटि सदस्य बालकृष्ण शिवाकोटी, हरिवंश चौलागाई लगाएत नेताहरुको उपस्थित रहेको थियो ।