कार्तिक १९ (जिरी)
नेकपा एमाले दोलखाको आयोजनामा दोलखाको पर्यटकिय नगरी जिरीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
एमाले दोलखाले अगुवा कार्यकर्ताहरुका लागि कातिक १७ गते देखि जिरीमा आयोजना गरेको प्रशिक्षण कार्यंक्रम आज सम्पन्न भएको हो । नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रम नेकपा एमालेका केन्द्रीय महासचिव सङखर पोखरेलेले उदघाटन गर्नुभएको थियो । तिन दिने प्रशिक्षण कार्यक्रममा विभिन्न विषयमा नेकपा एमालेका केन्द्रीय नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको उदघाटन गर्नुहुँदै प्रशिक्षणको पहिले दिन नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन राजनितीक परिस्थिती र नेकपा एमालेको दशौ महाधिवेशनको मार्गदिशाको वारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीको जन संगठन र पार्टी विचको अन्र्तरसम्वन्ध तथा अन्र्तराष्ट्रिय कुटनितिक सम्वन्धको वारेमा डा राजन भटराईले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको दोस्रो दिन नेकपा एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटव्युरो सदस्य इश्वरी रिजाल, आनन्द पोखरेल, एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, वागमती प्रदेश कमिटी उपसचिव नवराज शिलवाल लगाएतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक प्रशिक्षण कायक्रमको तेस्रो दिन आज नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, लेखा आयोगका प्रमुख पुष्प कडेल, स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज गुरु वडाल, केन्द्रीय सदस्य कपिल पोखरेल लगाएतले अर्थ र राजनितीको वारेमा प्रशिक्षण दिनुभएको थियो ।
जिरीमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको औचित्य र आवश्यकताको वारेमा नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङले र जनसंगठन र परिचालनको विषयमा केन्द्रीय सदस्य रचना खड्काले प्रशिक्षण दिनुभएको थियो ।
दोलखाको सवै पालिकाहरुबाट छनोट गरी करीव ७० जना अगुवा कार्यकताहरुको लागि यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले दोलखाका संयोजक नरबहादुर श्रेष्ठले बताउनु भयो । पार्टीको प्रशिक्षण कार्यक्रमलाई तल्लो तह सम्म लैजाने उदेश्यले सवै पालिकाहरुबाट छनोट गरी अगुवाहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र अव पालिका तथा वडा तह सम्म प्रशिक्षण कार्यक्रम आयोजना गरिने तयारी रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।