दोलखा उद्योग वाणिज्य संघको अधिबेशन माग गर्दै प्रजिअलाई व्यवसायीहरुको ध्यानाकर्षणपत्र

दोलखा उद्योग वाणिज्य संघले समयमानै साधारण सभा तथा अभिवेशन नगरेको भन्दै तत्काल अधिवेशनको माग गर्दै व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।

व्यवासायीहरुको साझा संस्था उद्योग वाणिज्य संघ दोलखाले संस्थाको विधान संवत काम नगरेको पदाधिकारीहरुले मनोमानी तरिकाले संस्था संचालन गरेको भन्दै संस्थाको विधान बमोजिम तत्काल अभिवेशनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएको व्यवसायीहरुले बताएका छन् । उद्योग वाणिज्य संघ दोलखाको २०७६ वैशाख २८ गते भएको २२ औँ साधारण सभाबाट इन्द्र बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित भएको थियो । उक्त २२ औँ साधारण सभाबाट निर्वाचित कार्यसमितीको कार्यकाल गत वैशाख २८ गते नै समाप्त भई सकेको छ । कार्यकाल समाप्त भएको करिव ९ महिना विति सक्दा समेत नेतृत्वले अभिवेशनको तयारी नगरेको हुँदा प्रशासनलाई ध्यानकर्षण गराउन वाध्य भएको संस्थाका पुर्व अध्यक्ष सुन्दर कार्कीले बताउनु भयो । उद्योग व्यवसायहरुको हकहित संरक्षण, वकालत तथा पैरवी गर्ने उदेश्य रहेको व्यवसायीहरुको साझा संस्था पछिल्लो समय निष्कृय रहेको र व्यवसायीहरुको हितमा काम गर्न नसकेको व्यवसायीहरुको गुनासो रहेको छ ।

दोलखा उद्योग वाणिज्य संघको विधानमा कार्यसमितीको कार्यकाल निर्वाचित मितिले ३ वर्षको रहने कानुनी व्यवस्था रहेको छ भने प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र संघको साधारण सभा गर्नुपर्ने व्यवस्था रहेको छ । तर उद्योग वाणिज्य संघमा २०७६ वैशाखमा भएको २२ औँ साधारण सभा भन्दा पछि हाल सम्म कुनैपनी साधारण सभा आयोजना हुन सकेको छैन् । उद्योग वाणिज्य संघ दोलखाका पुर्व अध्यक्ष सहितको व्यवसायीहरुको ध्यानर्षण पत्र वुझनुहुँदै प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्ला प्रशासनको ध्यानकर्षण भएको र वोलाएर छलफल गरीने बताउनु भयो ।
उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले संस्थामा बहुमत कार्यसमितीको उपस्थिीतिमा आवश्यकता अनुसार नियमित वैठक भई तथा संस्थाको गतिविधीहरु भई रहेको बताउनु भयो । गत वैशाखमा हुनुपर्ने अभिवेशन स्थानिय तहको निर्वाचनका कारण स्थगित भएको र माघ पहिलो हप्ता वस्ने कार्यसमिती बैठकले मिति तय गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानिय तहको निर्वाचनको कारण अधिबेशन सरे पनि गत असोज मसान्तसम्म अधिबेशन सम्पन्न गर्ने बैठकले निर्णय गरेको थियो ।