दोलखाको हावामा एक महिला मृत अवस्थामा फेला

चरिकोट: दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ७ हावामा एक महिलाको शव फेला परेको छ ।

तामाकोशी गाउँपालिका वडा नम्वर ७ हावाको जंगलमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा सोहि वडा निवासी ५१ वार्षिय मानकुमारी सुनुवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षकक राजेश सिग्देलले जानकारी दिनुभयो । वडा ७ हाँवा निवासी ५१ वर्षिया मानकुमारी सुनुवार घरपरिवार संग केहि दिन देखि सम्पर्क विहिन भएको र आज दिउँसो जंगलमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा निजको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक विहिवार दिउँसो देखि सम्पर्क विहिन भएको परिवारले जनाएको छ । घर परिवारबाट सम्पर्क विहिन व्यक्ति भिरबाट लडेको अवस्थामा शव फेला परेपछि प्रहरी घटनास्थल पुगी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । दोलखामा पछिल्लो समय भिरबाट लडेर मृत्यु हुनेको संख्या वृद्धि भएको छ । एक हप्ताको अवधीमा दोलखामा मात्र ३ जना भिरबाट लडेर मृत्यु भएको घटना प्रहरी को आएको छ । केहि दिन अघि भिमेश्वर नगरपालिका वडा नम्वर २ मा एक पुरुष र विगु गाउँपालिका वडा नम्वर ६ आलम्पुमा एक महिलाको लडेर मृत्यु भएको थियो ।