दर्पण संवाददाता
चरिकोट, मंसिर १८
कोरोना भइरसका कारण लामो समय देखि बन्द रहेको दोलखाको कालिन्चोक तथा भिमेश्वर मन्दिर सर्वसाधरणका लागि दर्शन तथा पुजापाठ गर्नका लागि खुल्ला गरिएको छ ।
देशमा कोरोना भाइरसको संक्रमण वढदै गए पछि कोरोना नियन्त्रण गर्नका लागि मठ मन्दिरमा भिडभाड हुने भन्दै जिल्लाका चलहपहल हुने प्रशिद्ध मन्दिरहरु बन्द गरिएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्रको आज जिल्लामा वसेको वैठकले बन्द रहेका मठ मन्दिरहरु शुक्रबार देखि पुर्ण रुपमा खुल्ला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रवत्ता मुरारी शिवाकोटीले जानकारी दिनु भयो । जिल्लाका प्रशिद्ध मठ मन्दिरहरु कोरोना भाइरस संक्रमणको संख्या वुद्धि हुँदै गए पछि नियमित नित्य पुजा मात्र गरिदै आएको थियो । दर्शनका लागि भिडभाड हुने मन्दिरहरुमा पुर्ण रुपमा खुल्ला गरिएको हुँदा स्वास्थ्य सुरक्षा मपदण्डको पालना गरी दर्शन गर्न जिल्ला प्रशासन दोलखाले आग्रह गरेको छ ।
पर्यटकीय जिल्ला दोलखाको दर्शनका लागि प्रशिद्ध मानिने दोलखा भिमेश्वर मन्दिर तथा कालिन्चोक मन्दिर लामो समय देखि पुर्ण रुपमा वन्द रहदा जिल्लामा पर्यटकीय गतिविधी शुनसान हुनका साथै व्यवसायहरु समेत समस्यामा परेका थिए । जिल्लाका सवै मठ मन्दिरहरु खुल्ला गरि संगै जिल्लामा पर्यटकीय गतिविधी चलहपहल हुने भए पछि जिल्लाका अधिकांश व्यवसायीहरु खुसी भएका छन् । कोरोना भाइसरका कारण भन्दै लामो समय देखि मठ मन्दिर बन्द भएक कारण व्यवसाय समस्यामा परेको भन्दै जिल्लाका व्यवसायीहरुले संचालनका लागि जिल्ला प्रशासनमा ध्यानकर्षण गराएका थिए । हिमाली जिल्ला दोलखामा हिउँ खेल्न तथा दर्शनका लागि धार्मिक पर्यटकहरु आउने गर्दाछन् ।