दर्पण संवाददाता
चरिकोट, श्रावण १०
दोलखामा संचालनमा रहेका प्राविधिक कलेजहरुमा पछिल्लो केहि वर्ष देखि विधार्थीको आकर्षण वढदै जान थालेको छ ।
प्राविधीक विषयहरु धेरै जसो विधार्थीहरुको रोजाइमा पर्ने गरेका कारण दोलखामा संचालनमा रहेका अधिकांश कलेजहरुमा प्रवेश परिक्षको लागि फारम भर्न विधार्थीहरुको भिड लाग्ने गरेको छ । शैद्धान्तीक विषयहरु भन्दा प्राविधीक विषयमा अध्ययन गर्दा व्यवाहरकि र सिपमुलक हुने भई छिटै रोजगारी पाइने भएकाले आफुहरुले प्राविधीक विषय अध्यन गर्न लागेको विधार्थीहरुले बताएका छन् ।
सि.टि.इ.भि.टि.इ अन्र्तगत सम्बन्धन लिई जिल्लाका विभिन्न प्राविधिक कलेजहरुमा अहिले अमिन, भेटनरी जे.टि.ए, इलेक्ट्रीक सव ओभरसियर, सिभिल सव ओभरसियर, नर्सिङ, ल्याव, सि.एम.ए, ए.एन.एम, कृषि जेटिए लगाएतका विषयहरुमा अध्ययन हुँदै आएको छ । परिक्षामा राम्रो नतिजा निकाल्न सफल जिल्लाका कलेजहरुमा अध्ययन गर्नको लागि दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्वु, मुगु, कालीकोट, जाजरकोट, सुर्खेत, ललितपुर, धनुषा, महोतरी, लगायतका जिल्लाहरुवाट विधार्थीहरु आउने गरेको आइसल्याण्ड मल्ट्री एकेडेमिका संचालन रेसमराज रिमालले बताउनु भयो ।

शैद्धान्तीक शिक्षा भन्दा प्राविधीक विषयको अध्ययन गरेमा अध्ययन पुरा गर्न साथ रोजगारी पाइने भएका कारण विधार्थीहरुको रोजाइमा प्राविधीक शिक्षा परेको दोलखा बहुउदेश्यीय तालिम संस्थानका संचालक नर बहादुर श्रेष्ठले बताउनु भयो । १८ महिले प्रत्येक विषयमा ४० जनाकोमात्र कोटा हुने गरेको कारण कतिपय अध्यन गर्न चाहने विधार्थीहरु समेत छुटने गरेको उहाँले बताउनु भयो ।
विधार्थीको रोजाई अनुसार प्राविधीक शिक्षामा अनुभवि प्रशिक्षकवाट सैद्धान्तिक कक्षा २० प्रतिशत र प्रयोगात्मक (फिल्ड) ८० प्रतिशत गराई हालसम्म उत्पादन भएका विधार्थीहरु विभिन्न क्षेत्रमा ९० प्रतिशतले रोजगारी पाएको अइसल्याण्का संचालन रेशम रिमालले दावी गर्नु भयो ।
सिटिइभिटि ले प्रविधीक शिक्षामा विधार्थीको संख्या वढाउनका लागि महिला, दलित, आदिवासी, जनजाती, मधेसी, मुस्लमान, पिछडीएको दुर्गम क्षेत्रका व्यक्ती आदिलाई छात्रवृत्तिको व्यवस्था समेत गर्नुका साथै श्रावण २५ गते देशभर प्रवेश परिक्षा लिने तयारी गरेको छ ।
