
दोलखाको गौरीशंकर गाउँपालिका वडा २ जुंगुको वडा कार्यालयमा स्थानियहरुले लगाएको ताला हाल सम्म खुल्न सकेको छैन । हाल संचालन भईरहेको ठाउँबाट वडा कार्यालय सार्न खोजिएको भन्दै स्थानियले विरोध जनाउँदै वडा कार्यालयमा गत जेठ ३२ गते तालावन्दी गरिदिएका थिए । वडा कार्यालय तालावन्दी गएको पाँच नि वितिसक्दा समेत वडा कार्यालयमा लगाएको ताला खुल्न सकेको छैन् ।
स्थनियहरुले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गर्दै वडा कार्यालय अवैधानिक तरिकाले व्यक्तिगत नाममा स्थापना गरिएको प्रताप स्मृति प्रतिष्ठानको निजि हलमा सार्न लागिएको भन्दै विरोध जनाउँदै हाल सेवा प्रवाह भई रहेको वडा कार्यालयमा तालावन्दी गरि दिएका थिए ।
वडा कार्यालय निर्माणको विषयमा विवाद भए पछि स्थानियहरुले गौरिशंकर गाउँपालिकाको न्यायिक समितीमा उजुरी समेत दर्ता गराएका छन् । निर्वाचित जनप्रतिनिधीले स्थानीय नागरिकहरुलाई वेवास्था गर्दै काुननी प्रकृयाको समेत वेवास्था गर्दै पदिय शक्तिको दुरुपयोग गर्दै जवरजस्ती वडा कार्यालय सार्न लागेपछि आफुहरु वाध्य भएर तालावन्दी गरिएको र न्यायिक समितीले अन्तिम निर्णय नदिए सम्म वडा कार्यालयमा लगाएको ताला नखुल्ने स्थानियहरुले बताएका छन् । गत जेठ ३२ गते केहि स्थानियहरुले तालावन्दी गरेको वडामा हाल विभिन्न टोल वस्तीका सरोकार व्यक्तिहरुले एउटै वडा कार्यालयमा चारवटा तालावन्दी गरि दिएका छन् ।
वडा कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेपछि हाल वडाले घुम्ति शिविर मार्फत नागरिकहरुलाई सेवा प्रवाह गरिरहेको वडा नम्बर २ का वडाअध्यक्ष रोहित बुढाथोकीले जानकारी दिनुभयो । हाल संचालन भई रहेको स्थानमा स्थायी वडा कार्यालय नभएको र स्वास्थ्य चौकिको भवनबाट सेवा दिँदै आएकोमा भवनसमेत अपुग भएको र समस्या भएको हुँदा वडा कार्यालय सार्न खोजिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । हाल घुम्ती शिविर मार्फत सेवा दिँदै आएको र केहि दिनमा उचित ठाउँमा ३ कोठे सुविधा सम्पन्न भवन खोजी वडाको सेवा प्रवाह गरीने तयारी रहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
वडा कार्यालयमा तालावन्दी भएको हप्ता दिन वितिसक्दा समेत ताला खुलाउनका लागि वडा अध्यक्षले पहल नगरेको र जिम्मेवार नभएको भन्दै स्थानियहरुले आलोचना गरेका छन् ।
 
 