प्रभु जिरेल
चरिकोट, ११ बैशाख
आफ्नै छोराको हत्या गरेको अभियोगमा दोलखा प्रहरीले आज एक जनालाइ पक्राउ गरेको छ ।
दोलखाको सैलुङ गाउँ पालिका वडा न ४ का ४४ वार्षिया चुडा रेग्मिलाइ आफ्नै २२ वार्षिय छोरा बेद बहादुर रेग्मिको हत्या गरेको अभियोगमा प्रहरिले पक्राउ गरेको हहो।
आज बिहान ८;३० बजेको समयमा दोलखाको शैलुङ गा.पा. वडा नं. ४ स्थित खहरे खोलामा एक व्यक्ति मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएको र तत्काल प्रहरी खटिइ बुझ्ने क्रममा शैलुङ गा.पा. वडा नं.४ बस्ने अन्दाजी वर्ष २२ को बेद बहादुर रेग्मी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक २ गतेदेखि घर गाउँमा नदेखिएको र परिवारले समेत सो सम्बन्धमा कहीं कतै जानकारी गराएको नपाइएकोले घटनामा संलग्न हुन सक्ने भनि मृतकको बुबा वर्ष ४४ चुडा बहादुर रेग्मीलाई नियन्त्रणमा प्रहरिले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक जन्मजातै बोल्न नसक्ने भएको र फोहोर ( दिसा ,पिसाव) गरी हिड्ने र सोही दिन पनि घरमा फोहोर गरेको निहुँमा आवेशमा आई मृतकको बुबाले घरमै रहेको हथौंडाले टाउकोमा प्रहार गर्दा तत्कालै मृत्यू भएको जनाएको छ।
मृतक लाशलाई हाल पोस्ट माट्मको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट दोलखामा राखिएको र मृतकको बुबालाई ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।