दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर २ जुंगुमा जातिय छुवाछुत गरेको भन्दै इलाका प्रहरी कार्यालय सुरीमा उजुरी परेको छ ।
गौरिशंकर गाउँपालिका वडा नम्वर २ जुंगु स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आयोजना गरेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पुगेका गैरिशंकर गाउँपालिका वडा नम्वर ६ चंखुका दलित समुदायका विद्याथीलाई जुुगुमा होटल व्यवसाय गरी रहेका व्यवसायीले जातिय विभेद गरेको भन्दै पिडितहरुले इलाका प्रहरी कार्यालय सुरीमा उजुरी दर्ता गराएका हुन । चंखु स्थित भुमेगुम्वा माध्यमिक विद्यालयबाट राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागिताको लागि पुगेका विद्याथीहरुलाई विद्यालयले व्यवस्थापन गरेको होटलमा वस्दा आफुहरु दलित रहेको थाहा पाए पछि होटलमा वस्न नमिल्ने भन्दै निकालिएको पिडितहरुले बताएका छन् ।
आफुहरु वस्ने होटलमा होटल व्यवसायीले जात के हो भनि सोधेको र आफुहरु विश्वकर्मा भने पछि विश्वकर्मालाई घर भित्र राख्न नहुने भन्दै निकालिएको पिडितहरुले निवदेनमा उल्लेख गरेका छन् । गौरिशंकर गाउँपालिकाले पालिकाको आयोजना र निलकण्ठेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा जुंगुमा पाँचौ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । स्थानिय सरकारले संचालन गरेको कार्याक्रममा नै व्यवसायीक रुपमा संचालन गरेको होटल व्यवसायीले दलित रहेकै कारणले विभेद गरेको भन्दै छुवाछुत कसुर अन्र्तगत कारवाहीको माग गरेको छ । पिडितहरुले दोषीमाथि कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुरीमा मंगलवार निवेदन पेश गरेका छन् ।


