अर्जुन खड्काको नयाँ गित बजारमा

चरिकोट,२४ जेठ ।
दोलखाली गायक नयन सोडारी र अर्जुन खड्काको नयाँ गित बजारमा आएको छ । भमरा झैँ रुँदै रुँदै बोल रहेको गितको शब्द अर्जुन खड्काले लेखेका छन् भने लय नयन सोडारी चिन्तीतले भरेका छन् । यस गितको निर्देशन नयन सोडारी आफैले गरेका छन् भने डोन क्यामेराबाट छायांकन गरिएको यो गितको म्युजिक भिडियोको सम्पादन रमित ओलीले गरेका छन् ।

यस गितको भिडियोमा अभिनय राजकुमार, अनिता,आयुष्सा र बिनयले गरेको सोडारीले बताए । भमरा झैँ रुँदै रुँदै गितको उतपादन तथा बितरण गोरखा चौतारी म्युजिक प्रालि काठमान्डौले गरेको छ । यो गितको छायाकंन दोलखामा नै गरि भिडियो तयार पारिएको छ ।यस गितको बिमोचनको तयारी भईरहेको छ । यो गितको बिमोचन सँगै नयन सोडारीले अर्को नयाँ गिति एल्बम बजारमा ल्याउँदै छन् । केशबराज चोलागाईको शब्द र नयनको स्वरमा पिरतिको सुगन्ध छर्यो मायाले बोलको गितको भिडियो तयारी भईरहेको बताईएको छ ।