दोलखाको खरिढुंगामा आयोजना गरेको खुल्ला पुरुष फुटबलको उपाधी शिखर युवा कल्वले जितेको छ । सिहदेवी युवा कल्व वोचलाई पराजित गर्दै शिखर युवा कल्व सिन्धुपाल्चोक विजयी भएको हो । आज भएको फाइनल खेलमा सिहदेवी युवा कल्व वोचलाई ३–० को गोल अन्तरले पराजित गर्दै शिखर युवा कल्व प्रथम भएको हो ।
प्रतियोगितामा प्रथम हुने शिखर युवा कल्व सिन्धुपाल्चोकले एक लाख ११ हजार एक सय ११ रुपौया र टफि प्राप्त गरेको छ भने दोस्रो हुने सिहदेवी युवा कल्व वोचले ५५ हजार पाँच यस ५५ रुपैयाँ नगद सहित टफि हात पारेको छ । प्रतियोगितामा तेस्तै उत्कृष्ट खेलाडी उत्कृष्ट किपर, सर्वधिक गोल कर्ता उत्कृष्ट कोचलाई समेत नगद सहित सम्मान गरेको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ९ को मुख्य सहयोगमा एक्टिभ व्याईज कल्व खरिढुंगाले आयोजना गरेको प्रतियोगिता कार्तिक ४ गतेबाट सुरु भएको थियो ।