अमृत राउतको अध्यक्षतामा गैरिशंकर बहुमुखी क्याम्पसमा नयाँ संचालक समिती चयन

दोलखा जिल्लाको शैक्षिक धरोहरको रूपमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाबाट नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ।

सभाले अमृत राउतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।

​समितिको सदस्यहरूमा रमेश खतिवडा, रामजी प्रसाद चौलागाईं, संगिता पाख्रिन, शक्ति पाठक,सुरज बस्नेत, गोपाल न्यौपाने, गोकर्ण प्रसाद पोखरेल, राधा मास्के, रोचना उप्रेति र सन्तोष रिमाल पनि सदस्यमा चयन हुनुभएको छ।

जिल्लाको उच्च शिक्षा विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको यस क्याम्पसको नयाँ नेतृत्वले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।