दोलखामा कोरोना : संक्रम वढदो आजै ८३ जना थपिए गाउँगाउँमा फैलिएको आशंका

दर्पण संवाददाता
चरीकोट, ३० वैशाख
दोलखा जिल्लामा कोरोना संक्रमित दैनिक रुपमा वढदै गएको छ । आज एकै दिन जिल्लाको विभिन्न स्थानिय तहमा ८३ जना नयाँ संक्रमित थपिएको छ । यो संगै जिल्लामा संक्रमितको सख्या ३४८ पुगको छ भने १९ जना संक्रमित निको भएर घर र्फकेका छन् । ३ जनाको ज्यान गई सकेको छ ।

सरकारले कारोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरे पनि गाउँ गाउँमा संक्रमतिको संख्या वढदै गएको हो । जिल्ला बाहिर बाट आएका केहि व्यक्तहरुमा संक्रमण देखिएको र गाउँ गाउँमा लकडाउनको पुर्ण पालना नगर्दा संक्रमित वढदै गएको हो ।

चरिकोट अस्पतालमा आज परिक्षण गरिएको १९१ जना मध्ये ८३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । तामाकोशी गाउँपालिकाको विभिन्न वडामा मात्र आज २१ जना पुरुष र १३ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । मेलुङ गाउँपालिकामा १ जना पुरुष र ३ जना महिलालाई कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै भिमेश्वर नगरपालिकाको ५ जना पुरुष र १२ जना महिला, शैलुङ गाउँपालिकाको १० पुरुष र १३ महिला, विगूको १ जना पुरुष, गैरिशंकरको २ जना पुरुष वैतेश्वरमा २ जना महिलालाई कोरोना देखिएको हो । हाल सम्म दोलखामा ३ जनाको मृत्यु भई सकेको छ भने २८ जना अस्पतालमा र २९९ जना होम आइसोलेनमा वसि रहेका छन् ।

पछिल्लो समय दोलखाको विभिन्न स्थानिय तहको गाउँ गाउँमा कोरोना संक्रमितको संख्या वढदै गएको छ । लकडाउनमा सहरमा कडाईभएता पनि गाउँमा खासै कडाई नभएको र विवाह व्रर्तवन्ध, जस्ता जम्घट हुने कार्य नरोकिएको हुँदा गाँउ गाँउमा संत्रमति वढेको हो । स्वाव संकलन गरि परिक्षण गर्दा समय धेरै लाग्ने गरेको र गाउँमा झन संक्रमणको दर वढेको स्थायिनहरुले बताएका छन् । संक्रमितको पहिचान गरि गाउँमा सवैको कन्ट्रयाक ट्रेसिनङ गर्नका लागि स्थानियहरुले आग्रह गरेको छ । जिल्लामा संक्रमितको दर वढदै गएको भन्दै जिल्ला प्रशासन तथा स्थानिय तहहरुले अनावश्यक रुपमा घर वाहिर नजान तथा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।