थिर बहादुर खड्का (अरुण)
महामारीको वर्ष २०२० पछि, यो कार्यक्रम हाम्रो पहिला वृद्धि थियो । शनिबार सार्वजनिक बिदा । स्कुल, कलेज, अफिस बन्द हुनाले सबै फुसर्दिला । बिहान कसैले बाधा नपुर्याओस्, अबेरसम्म सुत्न पाइयोस्, अधिकांशको यस्तै चाहना हुन्छ तर सबैलाई भने निन्द्रा प्यारो नहुँदोरहेछ । छुट्टिको दिन पनि शनिबार सबेरै साढे ७ बजेतिर दोलखालीहरु एक हुल चरिकोट स्थित सातदोबाटो चोकमा जम्मा हुन्छन् । त्यसपछि उनीहरु जति भेला हुन्छन्, ठीक ८ बजे गन्तव्यतिर आफ्नो पाइला अघि बढाउछन् । कसैलाई पर्खने चलन छैन । यो दृश्य हरेक महिनाको पहिलो शनिबार प्रत्येक बिहान सातदोबाटो चोकमा दोहोरिने दृश्य हो । फुर्सदको समयलाई सदुपयोग गर्दै स्वास्थ्यका लागि पदयात्रा ९वाक फर हेल्थ० अभियान सुरु भएको छ । स्वस्थ जीवन रहने मुख्य उद्देश्य भए पनि ‘वाक फर हेल्थ’ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि हो । स्वास्थ्य र मनोरञ्जन दुवै हिसाबले फाइदा पुग्ने भएकाले पछिल्लो समय दोलखालीमाझ पदयात्रा लोकप्रिय हुँदो छ । मिर्मिरेमै चरिकोटमा मर्निङ वाक गर्ने चलन धेरैअघि देखिको हो । अचेल भने स्वस्थ रहन मात्र होइन, घुमफिरमा रमाउन पनि दोलखाली पदयात्रामा जान्छन् । कोही साथीभाइ मिलेर नजिकैको गन्तव्यमा पुग्छन् भने कोही संस्थागत रुपमा सुरु भएको हाइकिङ तथा पदायात्रा अभियानमा सामेल हुन्छन् ।” HAPPY TRAILS” नारा दिएर दोलखा स्काउटको मुख्य व्यवस्थापनमा ‘वाक फर हेल्थ’ अभियान सुरु गरेको हो ।
गत मङ्सिर २७ गतेबाट पदयात्रा अभियान औपचारिक रुपमा सुरुवात गरिएको थियो । त्यसो त सेवक अभियानले यसअघिदेखि नै दोलखा चरिकोट आसपासका सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरुमा पदयात्राको रुट खोजी गरिरहेको थियो । त्यसक्रममा पहिचान भएको रुटमा हरेक शनिबार तिनै रुटमा पदयात्रा टोली जाने गर्छ । यसको विशेष नेतृत्वसंस्था दोलखा स्काउट, सरल नेपाल ,दोलखा डान्स क्रुउ हुन । सामाजिक सञ्जालमा र प्रत्यक्ष भेट भए जतिलाई शनिबार बिहान पदयात्रामा आउन अपिल गरिरहेका हुन्छन् । मङ्सिर २७ गते शनिबार बिहान । २१ र दोस्रो पदयात्रामा ३१ बढी चरिकोट सातदोबाटो चोकमा भेला भए । बालबालिका, युवा, पाका सबै उमेर समूहका थिए । भिमेशवर नगरपालिकाका प्रमुख भरत बाहादुर के।सी, लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिताले वाक फर हेल्थ अभियानको महत्त्व झल्काइरहेको थियो । पदयात्रीहरु सातदोबाटो चोकबाट उकालो ऐतिहासिक, धार्मिक क्षेत्र दोलखा बजार तिर उक्लियो । गोले गाउँ , त्रिपुरा सुन्दरी , पाखाटोल हुदै अगाडि बडे। यो बाटो पैदल यात्राको लागि उपयुक्त छ ।

चरिकोटबासीहरुका लागि एेतिहासिक बजार आउजाउ गर्ने यो नयाँ बाटो हो । चिकित्सकहरुका अनुसार दैनिक आधा घण्टा हिँड्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ । तर यसरी हिँड्दा पसिना चुहिनुपर्छ वा मुटुको चाल सामान्यभन्दा अधिक बढ्नुपर्ने हुन्छ । पदयात्रामा यो स्वाभाविक हुन्छ । तर, पदयात्रामा निरन्तर हिड्ने र पसिना चुहाउने मात्र हुदैन । पदयात्री प्राकृतिसँग नजिकिन्छन्, र रमाउछन् । प्रकृतिपे्रमीहरु नै हुन्छन्, पदयात्रीहरु । डाँडा काँडा, ग्रामिण भेग, हरियाली, खोला एवं नदीहरुसँग साक्षात्कार हुन्छ । यात्राको क्रममा नयाँ र पुराना साथी भेटिन्छन्, बन्छन् । रमाइलो अनि ज्ञानगुनका कुराहरु, अनुभवहरु साटासाट गर्दै हिड्छन् । पदयात्रीहरुले प्रकृति र समाजलाई बुझ्ने अवसर पनि पाउछन् । शहरको कोलाहल, भिडभाड भन्दा पर ग्रामिण परिवेशमा पुग्दाको आनन्द बेग्लै हुन्छ । स्वच्छ हावा, मनोरम प्राकृतिक दृष्य । मन पुलकित हुन्छ । हिड्दाको थकान महसुस नै हुदैन ।स्वास्थ्यलाई पनि फाइदा भयो र आफ्नै ठाउँमा पर्यटकीय सम्भाव्यता बोकेको रुट पनि देखियो। यो पदयात्राको अन्य भन्दा अलग किसिमको पनि छ । 
पदयात्री सबै जना बेला बेला जोडले गलल हाँस्छन् । पदयात्रीहरु यसलाई लाफिङ थेरापी भन्ने गरेका छन् । खुलेर हाँस्दा शरीरलाई नै फाइदा पुग्ने मनोचिकित्सकहरुको भनाई छ । पदयात्रीहरु कसैलाई स्वागत गर्न वा धन्यवाद दिन ताली पड्काउछन्। समुहमा खेल खेल्छन् । त्यसबेला पदयात्राको महौल हाँसोमय बन्छ, कोही पनि चुप लागेर बस्न सक्दैनन् । हास्दै पदयात्राको अनुभवले अलग अनुभूति दिलाउछ । प्रत्येक महिनको पहिलो शनिबार पदयात्रा गरिरहेका छौ । पदयात्राको क्रममा बीचमा पानी ब्रेक हुने गरेको छ । पदयात्रीहरुले पानी आफैले बोकेका हुन्छन् ।
ब्रेक हुदा पदयात्रीहरु पानी पिउछन् । यो समय विद्यार्थी, गृहणी सबैको लागि उपयुक्त हुन्छ । दोलखाको प्राकृतिक सौन्दर्य भएको ठाउँमा दोलखालीहरुलाई पुर्याउने र दोलखा घुम्न आउने पर्यटकहरुलाई पनि ती गन्तव्यमा पुर्याउन सकौं भन्ने हाम्रो लक्ष्य हो । स्वास्थ्यलाई त त्यसै पनि फाइदा पुगिहाल्छ । दोलखामा वाकिङ कल्चर छ भन्ने पनि देखिन्छ । हामी सकभर यात्राभर जंक फुड चै खान दिदैनौं । पदयात्रालाई स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर शुरु भएको यो अभियान निरन्तर चल्नुपर्छ । सबै सहयोगी हातहरु र सहभागी पदयात्रीहरुलाई धन्यवाद । थिर बाहादुर खड्का अरुण