पुस्कर महत
हाम्रो देशमा त्यस्ता प्राकृतिक सम्पदाहरु छन् जुन विश्वका सबै सम्पदाले नदिने खुशी र आनन्द यहाँका हरेक स्थानका यात्राहरुले दिने गर्दछन् । एउटा रेडियो कार्यक्रम सुनेर प्रकृति प्रति बनेको मेरो परिकल्पनालाई वास्तविकतामा ढाल्ने सुनौलो अवसर दियो दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने जट्टापोखरीले । प्राकृतिक सुन्दरताको अथाहा धनी यस ठाउँमा सत्य युगदेखि नै जटाधारी महादेवले वास गरेको स्थान भनि पवित्र धार्मिक तिर्थस्थलको रुपमा रहिहरहेको जनविश्वासले मानिसहरु आजसम्म यात्रा गर्ने गर्दारहेछन । हजारौँ तिर्थयात्रीहरुको आस्थाको केन्द्रविन्दु बनेको जट्टापोखरीको बारेमा मेरा बुबाअमाको २०५४ सालमा गरेको यात्राका अनुभव सुनाउने क्रममा मैले यस ठाउँको बारेमा पहिलो पटक धेरै जानकारी लिन पाएको थिएँ । उहाँहरुका अनुसार त्यहाँ बास बस्न र खानेकुराको लागि आफैँले जोहो गर्नुपर्ने तथा निरन्तर वर्षा भइरहनेहुँदा अत्यन्तै चिसो हुने जस्ता अधिक विषयको जानकारी गराउनुभएको थियो । यसरी मेरा जन्मदाताले झण्डै २३ वर्ष अघि गरेको यात्रामा एक कप चियालाई २० रुपैँया पर्ने कुरा पनि मेरा लागि नविनतम नै विषय थियो । तर मनमा भने यो समयको दौरानमा के कस्ता परिवर्तनहरु भए होलान भन्ने विषयले मनलाई खलबल्याई रहेको थियो ।दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा स्थित गुफ्ले अथार्त मेरो स्थायी बसोबास स्थललाई हाम्रो गन्तव्यको उद्गम स्थलका रुपमा छनौट गरीहाम्रो टिमको व्यवस्थापनको जिम्मा मलाई दिइयो । हामीले यो यात्रामा बासका लागि आवश्यक पर्ने टेन्ट,म्याट, ब्लाङ्केट तथा घरायसी खानेकुरा आवश्यकता अनुसार सबैले बाँडेर बोक्ने निधो गर्यौँे । केही चिनाजानीका साथिहरु यातायातको पहुँच भएको स्थान गर्जाङसम्म मोटरमा जाने सुनेका थियौँ तर हाम्रो टिमका सबैजना सो ठाउँमा पहिलो पटक जादैँ थियौँ त्यसैले हाम्रो लागि पैदल यात्रा नै हाम्रो रोजाई थियो ।

नयाँ स्थानको अवलोकन गर्न जाँदै गर्दा यात्राको अघिल्लो रात जहिलै मेरो मनले त्यस ठाउँको बारेमा विभिन्न धारणाहरु बनाउन व्यस्त भएर चन्चल भइरहन्छ । त्यस रात पनि त्यहि गतिविधी दोहोरिरहेको थियो । मन कता कता फुरुङ्ग भइरहेकोले होला रात कति लामो झैँ लागिरहेको थियो । बल्ल तल्ल रात कट्यो बुबा आमाले तयार गर्नुभएको खाजा केही रोटी र एक एक गिलास दुध खायौँ र बुबाआमासँग विदा माग्दै हामी ९ जनाको टोली यात्राका लागि तयार भयौँ । यसरी विहान ७ बजे मेरो जन्मथलोबाट सुरु भएको हाम्रो यात्रा २ घण्टा हिँडेपछि सोही गाउँपालिकाको ७ नम्बर वडाको हाँवा गैरी स्थित मेरो दिदिको घर भएको ठाउँमा पुगियो । हाम्रो योजनामुताविक विहानीको खानाको लागि उक्त स्थान छनौट भएकोले त्यहाँ पुगेर खाना खायौँ । २ घण्टा हिँडिसकेका थियौँ तर पनि सबैका लागि आफ्नै गाउँपालिकाको आवतजावत भइरहेको स्थान भएकोले कुनै नयाँपन थिएन तरपनि सबै सहरिया भइखाँदा भएकाले सबैलाई यात्राको थकान सुरु भइसकेको थियो मुख खोल्न सकिरहेका थिएनौँ । त्यहाँबाट पुन सुरु भएको हाम्रो यात्रा झाक्रेखोला पुल तरेर ओराली झर्योह र दोलखा र रामेछापको सिमाना छुट्याएर सुसाइरहेको खिम्ति खोला पुग्यौँ ।

हाम्रो गन्तव्य स्थलबाट सुरु भएर सुसाएको खिम्ति खोलासँगको सम्बन्ध अघिपछि भन्दा फरक झैँ लागिरहेको थियो । जसको कारण भने खिम्तिखोलाको उद्गम स्थल हाम्रो यात्राको मुख्य गन्तव्य स्थल रहेको थियो । त्यहाँसम्म पुग्दा हामीसँगै धेरै सहयात्री तिर्थालुहरुभेट भयो । कयौँलाई उछिन्दै केहीसँग हाँसिमज्जा गर्दै यात्रालाई अघि बढाइरह्यौँ । यतिन्जेलसम्म हामिले दोलखा जिल्ला कटेर रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको रस्नालुको उकालो चढ्दै थियौँ । केहिवेरको उकालो यात्रा पछि तेर्सो बाटो सुरु भयो र धारापानी भन्ने ठाँउमा आइपुग्यौँ । दोलखा जिल्लाको जिरीतर्फबाट गएको सडक सन्जालसँगको मिलन विन्दु धारापनीमा पुल नजिकको सानो बजारमा पुगेर केहि समय विस्राम गरि त्यहाँबाट रामेछापको ठोसे तर्फ अघि बढ्यौँ ।

ठोसे बजार पुगेपछी सामान्य खाजा खाइयो र त्यहाँ रहेको सारदा माध्यमिक विद्यालयको भौतिक संरचनाहरु असाध्यै मन लोभ्याउने रहेछन् । छरितो बजारको विचमा रहेको उक्त विद्यालय परिसरको अवलोकन गर्दैं अघि बढियो । त्यहाँसम्म पुग्दा जट्टापोखरिको बारेमा धेरै कुराहरु आदान प्रदान हुँदै थिए यात्रा अवधिभर तथा बाटोमा रहेका स्थानीयहरुले एकपटक तिर्थयात्राका लागि जानै पर्ने ठाउँ भनेर बताउँदै गर्दा हामी हाम्रो यात्रा अझ प्रभावकारी भइरहेको महशुस गरियौँ ।यो दिनको यात्रा लम्विदै थियो अनि दिन विस्तारै उत्तरार्दबाट उरोलो झरिसकेको थियो । अघि भनेझै हामी त्यही खोलाको उद्गम स्थलमा जाँदै थियौँ उ भने हामीलाई हाम्रो यात्राको सुरमा ताल थपेर सुसाइरहेको थियो । त्यो किनारै किनारा गफको तालमा हामी केहि बेरमै शिवालय बन्ने ठाउँमा पुगियो ।
पर्यटनको प्रचुर सम्भावना बोकेर पर्यटन व्यवसायलाई उचाइमा चुलाउँदै गरेको सानो अनि अत्यन्तै सफा शिवालय बजारले हामिलाई केहिबेर रोक्यो अनि अघिको यात्रामा आवश्यक पर्ने केही सरसामान र खानेकुरा किनमेल गर्यौ अनि यात्रालाई निरन्तरता दियौँ ।यसरी हामिले खिम्तिको नामले चिनिने बगिरहेको खोला गोकुलको नामले चिनिन थालियो त्यतिवेर हामि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे प्रवेश गरिसकेका रहेछौँ ।चुचुरेमा सुसाइरहेको गोकुल खोलाको किनारामा रहेको हरियाली फाँटहरु र ति फाँटमा चरिरहेका गाईवस्तुहरुको दृष्यले अझ त्यो हरियालिलाई सुनमा सुगन्ध थपिरहेको देखियो । त्यस्ता मनै लोभ्याउने दृष्यहरु अवलोकन गर्दै हामी केहिवेरमा सामुद्रिक सतहबाट १२१७ मिटर उचाईमा रहेको गर्जाङ बजार पुगियो । हरियालि फाँटको विचमा रहेको गर्जाङ बजार पूर्णिमाको चाँदनी झैँ टलक्क टल्किँदा आजको रात त्यतै बसौँ जस्तो भइरहेको थियो तर पनि भोलिपल्टलाई बाटो छोट्याउनु थियो त्यसैले हामी अझ अघि बढ्यौँ । अव भने सबैले मुख खोलेर थाकेको अनुभव सुनाउन थालियौँ ।करिव ५ बजेको समयमा गर्जाङबाट अघि बढेको हाम्रो यात्रा अब भने केहि असहज बन्दै थियो पक्कि सडक छोडेर कच्चि सडक त्यसमा पनि वर्षायाममा पानिले हिलैहिलो सडक पाईलाहरु अघि बढाउनकै लागि सोच्नुपर्ने पदमार्ग रहेछ । जसो तसो करिव २ घण्टा हिँडेर खरेखोला भन्ने गाउँमा पुगियो । त्यो हाम्रो गन्तव्य स्थलमा पर्ने अन्तिम मानव वस्ति थियो । सुनेका थियौँ त्यहाँभन्दा माथि कुनै बस्ति छैन । अनि हामीले यो रातलाई खरेखोला गाउँमै विताउने निधो गरेर बासको चाँजोपाँजो मिलायौँ । हजारौँको संख्यामा रहेका तिर्थयात्रीहरुका कारण बास पाउन हम्मे थियो तै पनि एउटा घर भेटियो जसमा आफ्नै ओड्ने ओछ्याउनी प्रयोग गरेर सुत्न पाइने भयो खाना भने ५ सय जनाको संख्यामा रहेका जन्तिलाई खुवाउने वेहुलि भतेर झै तयार गरेको खाना खायौँ अनि रात काट्यौँ ।

दिनभरको हिँडाइले सबैलाई गतिलै निन्द्रा लागेछ विहान हाम्रो योजना भन्दा १ घण्टा ढिला गर्दै ५ बजेतिर टर्चलाइटको सहारामा यात्रा सुरु गर्यौँ । अव भने साँघुरो बाटो धेरै भिडाभाड हुने संकेत देखियो अनि निर्माणाधिन गर्जाङ हाइड्रोपावर लिमिटेडको पाइपलाइनको बाटो हुँदै घ्वाङखोला स्थित ड्यामसाइड क्षेत्रमा पुगियो । यहाँसम्म आइपुग्दा मिर्मिरे उज्यालो भइसकेको थियो । विस्तारै डाँडाकाँडा फाटिन लागे अनि सुसाइरहेको घ्वाङ खोलासँगै चिरविर चिरविर कराइरहेका चराहरुको आवाजले विहानीको यात्रामा साइत पारिरहेको जस्तो भान भयो । घ्वाङ खोलाबाट अव बाटो पुरै उकालो थियो हामिले सुनेकै विषय भएर होला नौलो लागेन तरपनि कठिन हुन्छ की भन्ने कता कता डर पैदा हुन थाल्यो ।अघिल्लो दिनदेखि साथ दिइरहेको जट्टापोखरीसँग जोडिएको विभिन्न नामले चिनिने खोला अब भने हामिलाई उँही जट्टापोखरीमा भेटौँला है भन्दै हात हल्लाउँन थाल्यो । हामिलाई पनि आजको यात्रा जट्टापोखरीमा पुगेर तेतिन्जेल साथ दिएको खोलालाई भेटेरमात्रै टुङ्ग्याउनु थियो । हामि भन्दा अघि र पछि हजारौँको संख्यामा तिर्थालुहरु रहेका छन् । जति माथि गयो तेति हामिलाई प्राकृतिक सुन्दरताले मन लोभ्याउँदै छ तर पनि यात्राभने विस्तारै कष्टकर बन्दै गयो ।

स्थानीयहरुको भनाई अनुसार झण्डै ६ घण्टा लाग्ने उकालो बाटो भएर हामिलाई मानेडाँडा पुग्नु थियो । सो क्रममा करिव ३ घण्टा हिँडेपछि ३१८० मिटर उचाइमा रहेको पानिपाखा भन्ने स्थानमा पुगियो । सो स्थानमा पानि खाएर केहि समय आराम गरियो अनि पुन यात्रा अघि बढायौँ । उकालै उकालो बाटो फोक्टे हुँदै करिव ८ घण्टाको हिँडाइपछि ३९३७ मिटरको उचाइमा रहेको मानेडाँडा पुगियो । मानेडाँडामा चौँरी गोठ थियो अनि ति चौँरी गोठहरुमा चिया तथा थुक्पा खान पाउने व्यवस्था रहेको रहेछ । हामीले भने चौँरीको दुध खायौँ अनि मानेडाँडाबाट अलि तेर्सो तेर्सो तर अत्यन्त साँघुरो बाटो रहेछ ।
जब हामी अघि बढ्न थाल्यौ तव यो यात्राको रमाइला दृष्यहरु देखिन थाले ठुला तथा अग्ला पहाडको बाटो हुँदै हामी करिव ५ बजेतिर ४२५० मिटरको उचाइमा रहेको जट्टापोखरी पुग्यौँ । त्यहाँ पुग्दा हुस्सुले पुरै ढाकेको थियो । केहि झैँ लागेन तर विस्तारै मौषम खुल्दै गएपछि भने हामीले हाम्रो तिर्थयात्रासँग गाँसिएको प्राकृतिक मनमोहक जटापोखरीको दृष्यलाई हाम्रो आँखाको लेन्समार्फत मस्तिष्कमा भण्डारण गर्न पायौँ । माथिल्लो भुभागमा रहेको पत्रे चट्टानको पहाड वरपरि थुम्का थुम्का परेका होचा भुभाग अनि विचमा गहिरो जट्टापोखरीलाई देखेपछि यात्रामा देखिएका हजारौँ दुखहरु भुलेर हामी यही पोखरीसँग रमाउन थाल्यौँ । विस्तारै रात पर्दै थियो । अनि आफुले बोकेका टेण्टहरु प्रयोग गरी वेलुकिको बासको व्यवस्था मिलाउन तर्फ लाग्यौँ रातभरजस्तो पानि परिरह्यो । साउन शूक्ल पूर्णिमाको अवसर पारेर जनै फेर्न र तिर्थ नुहाउन आएका तिर्थालुहरु सवेरैदेखि नुहाउन सुरु गरिसकेका थिए हामी पनि विहान ३ बजेतिर उठेर नुहाउन निस्क्यौँ । सुरुमा पानिमा पस्न गार्होा जस्तो भएपनि पानिमा पसिसकेपछि हपहपि गर्मिको महशुस हुनेरहेछ । नुहाएर जट्टापोखरीमा सद्व्यू छर्दै जट्टापोखरीका महादेवलाई पुकार्दै पुजा गर्यौँक ।

अनि यात्रालाई पाँचपोखरी तर्फ अघि बढायौँ । तल घ्वाङ खोलादेखि लेक लागेर जान सकिँदैन भन्ने सुनेका थियौँ हामीमा भने कुनै प्रभाव देखिएन अब जट्टापोखरिबाट छोटो बाटो तरपनि एकदमै उकालो पाँच पोखरी जान भने केहि व्यक्तिलाई गार्हैभ हुन्छ भन्ने सुनेर कता कता जान नसकिने हो कि भन्ने लागेको थियो तर पनि सजिलैसँग हामि त्यो उकालो पार गरेर ४५१४ मिटरको उचाईमा रहेको पाँचपोखरी पुग्यौँ । त्यहाँ पुग्दा उचाइबाट तल जट्टापोखरितिरको दृश्य देख्दा धर्तिको स्वर्ग छ भने यो यहि हो भन्ने लाग्यो ।
झन त्यो प्राकृतिक सुन्दरताले जीवनका सारा दुखहरु भुलाएर त्यो स्वर्गिय आनन्दको अनुभुति भइरहँदा भगवानलाई आफ्नो मनोकाङ्छा पुरा होस भनि पुकार्दै गरेका श्रदालुहरुको गतिविधिहरुले त्यहाँको प्राकृतिक सम्पदालाई सजाइरहेझैँ देखियो । यात्राको तेस्रो दिन हाम्रो गन्तव्य स्थलसम्म पुगेर हामिले पनि पुजाआजा गर्यौँर अब भने हामिलाई त्यो स्वर्गिय आनन्दलाई विदाइको हात हल्लाउँदै पुन यात्रा सुरुवात स्थलमा फर्कनु थियो ।देवकार्यका लागि प्रयोगहुने विभिन्न धुप तथा जडिबुटिअरु संकलन गर्दै हामी फर्किने तयारी गर्यौँ । पुन सोही बाटो भएर आउँदा दिनभरको पानि ओरालो बाटो त्यसमाथि पनि हजारौँको यात्राले गर्दा बाटो अति चिप्लो थियो । भिडभाडका कारण हामी अनुमानित समय भन्दा १ घण्टा ढिला गरेरै भएपनि वेलुकाको करिव ८ बजेतिर गर्जाङ आइपुगेर बास बसियो ।यात्राको चौथो अथार्त २० गतेका दिनभने अब त्यो स्वर्गिय आनन्द दिने जट्टापोखरी तथा पाँचपोखरीको समिक्षा तथा त्यस ठाउँको वर्णन गर्दै दिनभरको बाटो भएर बेलुका साँझमा यात्रा शुभारम्भ गरेको तामाकोशि गाउँपालिका वडा नम्बर ६ स्थित मेरो घरमा आएर ४ दिने जट्टापोखरी तथा पाँचपोखरीको औपचारिक यात्रा अन्त्य गर्यौँ ।

जीवित प्राणीका लागि एक अपरिहार्य र जीवन निर्वाहको एउटा मूख्य आधार हो यात्रा १यो यात्राले हामिलाई भौतिक पिडा त दियो तर मनको सन्तुष्टि र जीवनको शुख अनुभुत गराइदिएको छ ।जीवनले यात्राको आवश्यकता महशुस गर्नु र त्यही यात्राले जीवनलाई पूर्णता दिनुले हरेक जिवित प्राणिको सृष्टिसँगै यात्रा सुरु हुन्छ र जीवनको अन्त्यसँगै यात्राको विलिन हुने गर्दछ । यात्रा सिकाईको मूख्य आधार हो कुनै ठाउँको बारेमा जान्न र बुझ्न यात्रा गरिन्छ । प्राकृतिक स्रोत र सम्पदाको परिचालन गरेर मात्रै आफ्नो देश विकासको खर्च जुटाउन सक्ने मेरो देशले आगामि दिनमा त्यस्ता ठाउँहरुलाई धार्मिक तिर्थस्थलको रुपमा आन्तरिक मात्रै नभएर वाह्य पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न सकोस भन्ने अपेक्षा गरेको छु । जय यात्रा

