
दर्पण संवाददाता
चरिकोट, साउन ८
भिमेश्वर नगरपालिकाको चरिघ्याङमा रहेको पुरानो तथा एैतिहाँसीक मानेडाँडाको स्वरुप परिर्वतन भएको छ । भिमेश्वर नगरपालिकाको सहयोग र चरिघ्याङ टोल सुधार समितीको नेतृत्वमा भुकम्पका कारण जिर्ण वनेको मानेको मर्मत एवमं संरक्षण गरिएको छ ।


धरै समय पहिले ढुंगा माटोले निर्माण गरेको माने वढदै गएको वस्ती र विनाशकारी भुकम्पको कारण जिर्ण वन्दै गएको थियो । सम्पदाहरुको पुन निर्माण तथा संरक्षण गर्ने उदेश्यले भिमेश्वर नगरपालिकाले माने निर्माणका लागि सहयोग गरेको थियो ।


पुराना शैलिमा ढुंगा माटोले नै निर्माण गरेको माने हाल आकर्षक वन्दै गएको छ । वरिपरी वगैँचा र पार्क सहित निर्माण गरिएको मानेले छुटै आकर्षण दिने गरेको छ । जनजातीहरुको वाहुल्य वसोवास रहेको यस क्षत्रमा यस्ता धार्मिक सम्पदाहरुले छुटै पहिचान दिने गरेको टोल सुधार समितीका अध्यक्ष दावा लामाले वताए ।
