महाशिवरात्री तथा सेना दिवसको अवसरमा तारादल गणद्धारा सरसफाई

दर्पण संवाददाता
चरिकोट, ५ फाल्गुण

दोलखामा रहेको तारा दल गणले महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा दोलखाको जिम्मेवार इलाकाको विभिन्न क्षेत्रमा सरसफाई गरेको छ ।

गणमा रहेका सेनाहरुले आज दोलखाको धार्मिक क्षेत्र भिमेश्वर मन्दिर त्रिपुरा सुन्दरी मन्दिर तथा पर्याटकीय क्षेत्र हरियाली चम्पुजा पार्कको सरसफाई गरेको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरपारी अधिकृतको कमाण्डमा १÷९८ नफ्रिको टोलिले विभिन्न क्षेत्रको सरसफाई गरेको तारादल गणले जनाएको छ ।

तारादल गणले दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्वर ७ मा रहेको कुटीडांडा माध्यमिक बिद्यालय, मकैवारीमा आइतवार विद्यार्थीहरुलाइ IED Awareness  सम्वन्धी कार्यक्रम संचालन गरेको छ । विद्यालयका ११० जना विधार्थीहरुलाई सहभागी गराई IED Awareness  सम्बन्धी कार्यक्रम सञ्चालन गरेको तारा दल गणले जनाएको छ।