प्रशिद्ध भिमेश्वर मन्दिर दर्शनका लागि आजबाट खुल्ला

दर्पण संवाददाता
चरिकोट, साउन ३

कारोना भइसरका कारण लकडाउन देखि वन्द रहेको दोलखाको प्रशिद्ध भिमेश्वर मन्दिर दर्शन गर्नका लागि आजबाट खुल्ला गरिएको छ ।

मन्दिरमा भिडभाड वढने भए पछि लकडाउन देखि नै वन्द रहेको मन्दिर ११५ दिनको वन्द पछि दर्शन गर्नका लागि आजबाट मन्दिरको मुल ढोका खुल्ला गरिएको छ । एक शिला तिन अवतारको रुपमा पुजा गरिने प्रशिद्ध भिमेश्वरको मन्दिर आजबाट खुल्ला गरिने भिमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समिती र भिमेश्वर नगरपालिका वडा नम्वर २ स्तरिय समितिको छलफलबाट खुल्ला गर्ने निर्णय भएको वडा नम्वर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

दैनिक हजारौको संख्यामा भक्तजनहरुद्धारा दर्शन गरिने भिमेश्वर मन्दिर चैत्र ११ गते देखि वन्द गरिएको थियो । मन्दिरको मुख्य वाहिरी गेट खुल्ला गरिएको भएता पनि भित्रि मुख्य मुलद्धार भने वन्दनै रहेको छ । मन्दिर परिसरमा भित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । दोलखाबाजरमा वर्षभरी मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने वाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुल्ला गरिएको भिमेश्वर मन्दिर गुठी तथा पुजा व्ययवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीहरुका लाई सेनेटाइजरको प्रयोग, सावुन पानीले हात घुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ । धार्मिक पर्यटनको हिसावले समेत राम्रो मानिने भिमेश्वर मन्दिरमा दैनिक हजारौ भक्तजनहरुले दर्शन गर्ने गर्दाछन् ।