पर्याटन प्रर्वद्धन गर्न जिरीमा आयोजित तिन दिने स्ट्रिट फुड फेस्टीवल सम्पन्न, हजारौले गरे अवलोकण

दर्पण संवाददाता
जिरी, कार्तिक ३
भ्रमण वर्षको पुर्व सन्ध्यामा पर्याटकहरुलाई लक्षित गरी दोलखाको पर्याटकीय नगरी जिरीमा आयोजना गरिएको तिन दिने स्ट्रिट फुड फेस्टिभल आज सम्पन्न भएको छ ।

दोलखाको पर्याटकीय नगरी जिरी बजारमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कार्तिक १ गते देखि आज सम्म तिन दिन स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो । युवा संजाल जिरीको आयोजनामा तिन दिन सम्म संचालन भएको फेस्टीवलमा दोलखा जिल्ला लगाएत विभिन्न जिल्लाका हजारौ नागरिकहरुले फेस्टीवलको अवलोकण गरेको आयोजकले जनाएको छ ।
जिरेलहरुको मुख्य थालेको रुपमा रहेको पर्यटकीय नगरि जिरी बजारमा आयोजना गरिएको कार्यक्रममा स्थानिय खानाका विभिन्न परिकारहरु बिक्रि, सांस्कृतिक प्रर्दशनि, जिरीको प्रमुख पर्यटकीय गन्तव्यको भिजिट जस्ता कार्यक्रमहरु संचालन गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताउनु भयो ।

नेपालले भ्रमण वर्ष २०२० को घोषण गरे संगै नेपाल भित्रीने पर्याटकहरुलाई नेपलाको जुरीज सहरको रुपमा समेत चिनिने जिरी वजार सम्म भ्रमण गराउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवल कार्यक्रमले पर्याटकको आगमन संगै आर्थीक रुपमा समेत फाइदा हुने जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताउनु भयो ।